बलिउड सुपरस्टार शाहरूख खानले नेपाललाई सम्बोधन गर्दै आफू अभिनित फिल्म 'चेन्नै एक्सप्रेस' हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । दर्शना आर्टसले नेपालमा वितरण गर्न गर्न लागेको आफ्नो हेर्न नबिर्सन किङ खानले आग्रह गरेको प्रस्तुत भिडियोमा हेर्न सकिन्छ ।
बहुप्रतिक्षित फिल्म 'चेन्नै एक्सप्रेस'लाई दर्शना आर्टले नेपालमा आउँदो बिहिबार भव्य समारोहका बिच पेज थ्री शो गर्ने भएको छ । राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा बिहिबार साँझ ६ बजे पत्रकार सहित दर्शकले पनि चेन्नै एक्सप्रेस हेर्न पाउनेछन् । दर्शकले भने अतिरिक्त शुल्क तिरेमा मात्र एक दिन अगाडी फिल्म हेर्न पाउने दर्शना आर्टसका निर्देशक सुनिल मानन्धरले बताए ।
यस्तै दर्शना आर्टले बाढी पिडीतको सहयोगार्थ आउँदो आईतवार चेन्नै एक्सप्रेसको च्यारिटी गर्ने भएको छ । एआरके इभेन्टम्यानेजमेन्टको संयोजनमा हुन लागेको च्यारिटीको शुल्क तोकिएको छैन । 'स्वेच्छाले सहयोग गर्न पाईने व्यवस्था गरेका छौं,' निर्देशक मानन्धरले भने । सम्भवत: नेपालमा हिन्दी फिल्मको पेज थ्री शो र च्यारिटी पहिलो पटक हुन लागेको हो ।
फिल्मीखबरले सञ्चालन गरिरहेको चेन्नै एक्सप्रेसको क्विज बिजेताले बिहिबार हुने पेज थ्री शोमा उक्त फिल्म हेर्न पाउने छन् । दश जना भाग्यशाली बिजेतालाई फिल्मीखबरले उक्त शोको टिकट उपलब्ध गराउनेछ । चेन्नै एक्सप्रेस क्विजको सहभागिताका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला !
Chennai Express Quiz : http://www.filmykhabar.com/page/play_quiz_chennai

