जर्नलिष्ट बिजय आवाजको टाउको एकातिर खुट्टा अर्कोतिर पार्दिने धम्की दिएकी सुमिना घिमिरेले उक्त भनाई सच्याएकी छिन् । ।
जर्नलिष्टहरुको संस्था फिल्म जर्नलिष्ट एसोसिएसनलाई पठाएको माफी पत्रमा सुमिनाले फोन सम्बादमा भएको आफ्नो भनाई नियतबस नभई आवेशमा आएर भनेको भन्दै उक्त भनाईलाई फिर्ता लिएको उनको माफी पत्रमा उल्लेख छ । पत्रकार महासंघलाई समेत बोधार्ध हुनेगरी पठाएको उक्त पत्रमा सुमिनाले ती शब्द मानवीय स्वभावबस आवेश र भावनामा बगरे ब्यक्त गरेकाले धम्कीका रुपमा नबुझिदिन आग्रह गर्दै नेपाली पत्रकारिता जगतप्रति सदैव उच्च सम्मान र विश्वास रहने उल्लेख गरेकी छिन् ।
यस्तै सुमिनाले धम्की फिर्ता लिएपछि फिल्म जर्नलिष्ट एसोसिएसनले पनि उक्त बिषयमा तुरुन्त प्रतिक्रिया दिदै प्रेस रिलिज जारी गरी सुमिनाको यो कदमलाई स्वागत गरेको छ । एसोसिएसनले जारी गरेको प्रेस रिलिजमा सुमिनाको कदमलाई स्वागत गर्दै आगामी दिनमा कुनैपनि आर्टिष्ट, फिल्मकर्मीहरु तथा जर्नलिष्ट बीच सुमधुर सम्बन्ध रहने तथा सवैले जर्नलिजम जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास लिएको छ । सुमिनाले जर्नलिष्ट अवाजलाई धम्काएको ठीक ३० दिनका दिन माफ मागेकी हुन् ।
.jpg)
यस अघिको न्यूजका लागि हेडलाईन क्लिक गर्नुस :

