छापिएको समाचारमा असन्तुष्टी जनाउदै सुमिना घिमिरेले जर्नलिष्टको टाउको काट्ने धम्की दिएकी छिन् । अनलाईनखबरमा कार्यरत विजय आवाजलाई सुमिनाले हिजो साँझ बेलुकी साढे पाँच बजेको समयमा टाउको एकातिर र खुट्टा अर्कोतिर पारिदने भन्दै धम्की दिएकी हुन् ।
चलचित्र पत्रकार संघका कार्यसमिति सदस्य समेत रहेका आवाजलाई अपशब्द प्रयोग गर्दै सुमिनाले यस्तो धम्की दिएकोमा संघका अध्यक्ष विदुर गिरीले घोर आपत्ती जनाएका छन् । यो बिषयमा अध्यक्ष गिरीले भनेका छन्- 'समाचार लेखेकै कारणले ज्यान मार्ने धम्की दिनु अलोकतान्त्रिक भयो । यदि समाचार गलत थियो भने खण्डन गर्ने वा कप्लेन गर्ने अरु निकाय थिए । त्यसैले यो बिषयलाई संघले गम्भीरता पूवर्क लिएको छ ।'
यता फिल्म नाईन ओक्लकको प्रोमोशनका लागि हाल इटहरीमा रहेकी घिमिरेले यस बिषयमा फिल्मीखबरलाई प्रतिक्रिया दिंदै भनिन्- 'उसले मेरो व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेखेको हुनाले यस्तो बोल्न बाध्य भएकी हुँ ।' यता पत्रकार आवाजले भने नायिकाको व्यक्तिगत जीवनमा आँच आउने गरेर समाचार नलेखेको बताए । उनले भने- 'जे यथार्थ हो त्यो समाचार लेखेको छु जुन हामीले लेख्न पाउने अधिकार पनि छ ।'

धम्की कस्तो थियो अडियोमा सुन्नुस् ...
सुमिनाको बिषयमा विजय आवाजले लेखेको समाचार यस्तो छ -
सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना
एक चलचित्रमा नायक अर्जुन कार्कीले शरीर भरी किला रोपे पछि उनको चर्चा एकाएक चुलिएको थियो । उनले त्यसपछि लगालग १८ वटा सिनेम खेले । तर एकपछि अर्को सिनेमाले पानी नमागेपछि उनी जसरी उचाईमा पुगेका थिए त्यसरी नै झरे । नायिका सुमिना घिमिरेको करिअर पनि अहिले त्यस्तै मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएकी सुमिना अहिले असफल सावित हुँदै गएकी छिन् । सुमिनाले अभिनय गरेका कुनै पनि सिनेमाले व्यवसायिक रुपमा सफलता हात पार्न नसकेपछि उनको करिअर पनि ओरालो लाग्न थालेको हो ।
चलचित्रमा अभिनय गरेर भन्दा पनि विभिन्न चलचित्रकर्मीसँग नाम जोडिएर उनले चर्चा बटुलेकी छिन् । सुमिनाको आजसम्म ‘दुलही’, ‘छविलाल कञ्जुस छैन’, ‘किन मायामा’, ‘हेल्लो प्रकृती’, ‘तिम्रो लागी’, ‘रङ’ लगायतका सिनेमा प्रदर्शनमा आएका छन् । तर यि सबै सिनेमाले निर्माताको लगानी बचाउन सकेनन् । सुमिनाले सबैभन्दा धेरै आशा गरेको चलचित्र ‘नाइन ओ क्लक’ को व्यापार पनि शुन्य जस्तै छ । दुलहीमा सोझी युवतीको भुमिकामा अभिनय गरेकी सुमिनाले अहिले आफ्ना भुमिकालाई परिवर्त गर्दै चलचित्रमा हट दृश्य समेत दिन थालेकी छिन् । तर उनले जस्ता भुमिका गरेपनि दर्शकले रुचाएका छैनन् । यसैले उनी अहिले सफल सिनेमाको खोजीमा छटपटिएको देखिन्छ ।
कुनै पनि कलाकारले अभिनय गरेका आधादर्जन भन्दा बढि सिनेमा मध्ये एउटाले पनि व्यापार नगर्नु असफलताको संकेत हो । सुमिनाको टाउको हेरेर दर्शक हलसम्म गएका छैनन् । यसैले पनि सुमिनालाई सिने नगरीमा चल्न नसकेकी नायिकाको रुपमा विश्लेषण गर्न थालिएको छ ।


