आउदो बर्ष रिलिजका हिसावले प्रशंशा योग्य कमेडी फिल्महरुको बर्ष हुने संकेत देखिएको छ । दश बर्ष सम्म टेलिभिजनको स्क्रिनमा उच्च कोटीको व्यङग्य प्रहार गर्दै दर्शकलाई हसाईरहेको तीतो सत्य टिम पनि आउदो बर्ष फिचर फिल्म निर्माणमा अघि सर्दैछ । जसको तयारी सुरु भईसकेको छ ।
तीतो सत्यको फिल्ममा मेरी बास्सै, जिरे खुर्सानी लगायतका कमेडि सिरियलका मेल एक्टरहरु पनि हिरोको रुपमा देखिनेछन् । तर हिरोईन चाहि को हुने त्यो फाईनल गरिसिकिएको छैन । यो फिल्मको २ गीतमा संगीत भर्ने काम शम्भुजित बाँस्कोटा र हेमन्त रानाको हुने पनि फाईनल भईसकेको छ । मेघा कमेडी प्लटहरुलाई तीतो सत्यको फिल्ममा उतारिने बुझिएको छ ।
यस्तै नम्बर वान सेलिब्रेटीको ट्याग पाएका मह जोडी पनि आउदो बर्ष फिल्म मेकिङमा उत्रिने खबर बाहिरिएको छ । यध्यपी यस बिषयको आधिकारिता दिईएको छैन । कमेडी बेसका उनीहरुको फिल्ममा पनि कमेडी फ्लेवर नै हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन । यस्तै पन्ध्र बर्ष देखि ईन्टरटेन्मेन्ट जर्नलिजम गरिरहेका सुब्रत आचार्य पनि स्विचवेश्नल कमेडी फिल्मलाई लिएर आउदो बर्ष डाईरेक्सनमा डेब्यू गर्दैछन् । उनले काष्ट सेलेक्सन देखि लिएर स्क्रिप्ट समेत फाईनल गरिसकेको अवस्था छ । प्रदीप उदयको प्रोडक्सन हाउसले फिल्म निर्माणमा सघाउ पुर्याउने तयारी गरिरहेको सुब्रतको फिल्मको नाम अर्धकट्टी जुराईएको छ ।
यसैगरी आउदो जेष्ठ ३१ गते रिलिज हुने कर्कश फिल्म पनि कमेडी ट्रिटमेन्टले भरिएको यसको ट्रेलरले बताउछ । ट्रेलरमा हामीले सानै देखि सुन्दै आएको लाटो, बहिरो र अन्धोको स्टोरीको पल्ट स्पष्ट देख्न सकिन्छ । यी बाहेक आउदो बर्ष निश्चल बस्नेतले पनि कमेडी प्लटहरुले भरिएको फिल्म टलकजंग भर्सेज टुल्केलाई निर्देशन गर्दैछन् । तसर्थ पनि २०७० कमेडी फिल्मको बर्ष हुने संकेत देखिएको छ ।

