Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतीय प्रहरीको हिरासतमा नेपाली कलाकार

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/04

कलाकारिताको भिडमा कुन किसिमको खोल ओढेर मान्छे आउछ त्यो छुट्याउन सकिन्न नत त्यसलाई रोक्ने कुनै आधारहरु नै छन् । र, यहि भिडमा फिल्म लाईनमा आफूलाई राज हमाल नामले चिनाएका खुशिवु हमाल ठकुरी भारतीय प्रहरीको गिरफतारीमा परेका छन् । 

 
बाटुली, बन्धकी सहित म छु नि तिम्रो फिल्ममा सामान्य भूमिका निर्वाह गरेका उनलाई मानव तस्करीको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । जुन समाचार द् टाईम्स अफ ईन्डियाले आफ्नो अनलाईन संस्करणमा छापेको छ । समाचारमा उनी सहित उनका दुई सहयोगी सूर्य कार्की र कमल चौधरी पनि भारतीय प्रहरीको हिरासतमा रहेको उल्लेख छ । 
 
उनीहरुको साथबाट ४७ जना नेपाली सहित ५ जना भारतीयको भिसा लागेको पार्सपोर्ट र  नगद ८ लाख प्रहरीले बरामद गरेको उल्लेख छ ।  केही भारतीय सञ्चार माध्यमहरुले राजलाई नेपालका सुपरस्टार एरेष्टेड भन्ने हेडलाईन बनाईरहेका छन जुन समाचारमा कलाकार संघका अध्यक्ष नवल खड्काले आफ्नो ध्यानकर्षण भएको जनाएका छन् ।  
 
टाईम्स अफ ईन्डियामा प्रकाशित समाचार पढ्नका लागि लिंकमा क्लिक गर्नुस ।