Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबर प्रभाव : बोर्ड सदस्य सचिव हेरफेर

फिल्मीखबर, काठमाण्डौ, 2013/02/13

साढे दुई बर्ष देखि चलचित्र बिकास बोर्डको सदस्य सचिव पदमा  रहेका धनराज ज्ञावालीको स्थानमा गुरु प्रसाद सुवेदीलाई ल्याईएको छ । रङ फिल्मको सेन्सर प्रक्रियामा मनोमानी निर्णय गरेको समाचार फिल्मीखबर डटकमबाट प्रकाशित भएपछि ज्ञावाली विवादमा परेका थिए जसकारण उनको स्थानमा सञ्चारमन्त्रालयका अर्का उपसचिव गुरु प्रसाद मैनालीलाई सदस्य सचिवको जिम्मेवारी दिईएको हो  ।

 

श्रोत भन्छ- 'सेन्सर प्रक्रियामा गरेको बदमाशीका कारण धनराजलाई सञ्चारमन्त्री राजकिशोर यादवले बोर्डको जिम्मेवारीबाट मुक्त गरेका हुन् ।' आन्दोलनमा उत्रिएका फिल्मकर्मीहरुले समेत नरुचाएका धनराज पछिल्लो समय चौतर्फी रुपमा आलोचित भएका थिए जसकारण पछिल्लो साता उनले गरेको सेन्सर मनोमानीले उनले बोर्ड सदस्य सचिव पद गुमाउनु परेको हो ।


यस्तै धनराजसंग यो बिषयमा बुझ्न खोज्दा उनी नसुने जस्तो गरी हलो हलो भन्दै मोबाईलको स्वीच अफ गरी सम्पर्कबाट जानीजानी पर बसेका छन् । यता चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु) ले समेत धनराजको पछिल्लो कदमप्रति आपत्ती जनाएका थिए । बुझिए अनुसार मन्त्रीसंगको सिधा पावर प्रयोग गरी धनराजको स्थानमा गुरु प्रसादलाई ल्याउन पप्पुले आफ्नो तर्फबाट कदम चालेका थिए ।

 

चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेले पनि लामो समय देखि धनराजको कदम प्रति औला ठड्याउदै आएका थिए । धनराजलाई हटाईएपछि काफ्लले प्रतिक्रिया दिदै भनेका छन्-  'धनराजले प्रशाशिनक काम बाहेक फटाई मात्र गरेकाले अन्तिम दृष्टान्त गत सेन्सर प्रक्रिया हो । तसर्थ उसले गरेका विगतका फटाईलाई बोर्डबाट अझै हामी पर्दाफास गर्नेछौ ।'

 

एक साता अघि धनराजको बिषयमा सार्वजनिक समाचार

बोर्ड अध्यक्ष पप्पु कि धनराज ?