फिल्मीखबरले आजबाट मोबाईल एसएमएस क्विज कन्टेस्ट शुरू गरेको छ । उक्त क्विज कन्टेस्टमा नेपाली फिल्मसँग सम्बन्धित रहेर प्रश्न गरिने छ र सहि उत्तर पठाउने मध्ये दुई जनालाई हरेक साता दुई/दुई वटा फिल्मको टिकट उपलब्ध गराईने छ ।
क्विज कन्टेस्टमा हरेक महिना बम्पर उपहार स्वरूप एक जनालाई आकर्षक मोबाईल उपहार स्वरूप प्रदान गरिनेछ । बिजेताको नाम सम्बन्धित मोबाईल नम्बरमा नै पठाईने छ र बिजेताले एक साता भित्रमा फिल्मीखबरको कार्यालयमा आफ्नो पुरस्कार संकलनका लागि सम्पर्क गर्नुपर्ने हुन्छ । पुरस्कारका लागि एक साता भित्रमा सम्पर्क नगरे सो पुरस्कार स्वत: रद्द हुनेछ ।
नेपाल टेलिकम, एनसेल, युटिएल र स्मार्ट सेल प्रयोगकर्ता यो क्विजमा सहभागी हुन सक्नेछन् । थप जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला !
SMS Quiz : http://www.filmykhabar.com/page/sms_quiz

