मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिलिप नं. १ मा

फिल्मीखबर, काठमाण्डौ, 2011/08/26

कलाकारले अभिनय जत्तिकै नाच्न पनि जान्नु पर्ने हुन्छ । कमै मात्र आर्ट चलचित्र बन्ने र प्रायः नेपाली चलचित्र नायिकाको कल्पनामा नायक तथा नायकको कल्पनामा नायिका नाच्नु पर्ने दृष्यहरु धेरै देखिन्छन् ।  लामो समय देखि नृत्य निर्देशकको काम गर्दै आएका राजु शाहको मुल्याङनमा केही मात्र नायक छन् जसले जस्तो सुकै डान्सका स्टेप पनि सहजै गर्न सक्दछन् । तर केही नायकहरु यस्ता छन् जसले निर्देशकले जती सिकाए पनि आफ्नौ शैलि छोड्दैनन् ।
 

शाहको मुल्याङनमा नायक दिलिप रायमाझी पहिलो नंम्बरमा छन् । उनले निर्देशकले जस्तो सुकै स्टेप गर्न लगाए पनि सहजै डान्स गर्न सक्ने शाहको भनाई छ । त्यसो त दिलिप अभिनयमा पनि अगाडी रहेको उनको मुल्याँकन छ । यस्तै शाहको मुल्याङनमा दोस्रो नम्बरमा भने नायक आर्यन सिग्देल, शुशिल क्षेत्री, बिराज भट्ट, श्रीकृष्ण श्रेष्ठ र रमित ढुङ्गाना परेका छन् । यि मध्ये आर्यनले नाचमा आफुलाई लचकदार बनाउन सक्ने सम्भावना भए पनि बिचमा कतै खाली समय पाए पनि आफ्नै शैलि ल्याइहाल्छन् रे । यस्तै केही मेहनत गर्ने हो भने शुशिल, बिराज, रमित र श्रीकृष्ण पनि राम्रो नाच्न सक्ने कलाकार हुन् ।


शाहको मुल्याङनमा नायक सुमन सिंह तेस्रो नम्बरमा परेका छन् । सुमनले आफुलाई परिवर्तन गर्न सक्ने बताउने शाहले अभिनयमा जस्तै नृत्यमा पनि मेहनत गर्न सुमनलाई सुझाव दिएका छन् । उनले जीवन लुइटेल, राज बल्लभ कोइराला, मुकेश ढकाल लगायतका अन्य नायकहरुले खासै नृत्य गर्न नसक्ने बताएका छन् । निर्देशकले सोचेका हरेक स्टेपहरु दिलिप, आर्यन र शुशिलले गर्न सक्ने भए पनि अन्य नायकहरुको हकमा नायक हेरेर स्टेप परिवर्तन समेत गर्न पर्ने स्थिति आउने गर्दछ ।



शाहको मुल्याङनमा नायक निखिल उप्रेती अत्यन्तै मेहनती कलाकार हुन । उनले ५०-६० टेक खाएर भएपनि नृत्यलाई राम्रो बनाउन चाहन्छन् तर उनि राम्रो नाच्न सक्दैनन् । यस्तै महानायक राजेश हमालको त आफ्नै पारा भएको शाहको भनाई छ । राजेशलाई नृत्य गराउने निर्देशकहरुले राजेशको शैलिमा काम गर्न पर्ने उनको भनाई छ । उनले भुवन केसी र शिव श्रेष्ठले पनि राम्रो नाच्न नसक्ने बताए । राजेश, भुवन र शिब आफ्नै शैलीमा नाच्ने गर्दछन् । चलचित्रमा उनिहरुको एउटा छबि छ र त्यहि छबिका कारण उनिहरुको हकमा नृत्यलाई त्यति प्राथमिकता नदिएको शाहको भनाई छ ।