मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार्तिकमा पर्खिराख है

फिल्मीखबर, काठमाण्डौ, 2011/08/25

चलचित्र 'पर्खिराख है' डेब्यू निर्देशक बाबुराम ढकालको दोस्रो चलचित्र 'दुलही' केहि महिना अगाडी सार्वजनिक भयो । पहिलो चलचित्र रिलिज नहुँदै दोस्रो चलचित्र रिलिज गरेर चर्चामा आएका निर्देशक ढकाल अहिले आफ्नो पहिलो चलचित्रको प्राबिधिक कार्यमा व्यस्त छन् ।

 

निर्देशक ढकाल अहिले चलचित्रको फाईनल प्रिन्ट लिन मुम्बई पुगेका छन् । कार्तिक २५ गते रिलिजको डेट फाईनल गरेका निर्देशक ढकाल निर्माता दिल श्रेष्ठको साथमा केहि दिन अगाडी मुम्बई पुगेका हुन् । मुम्बईबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक ढकालले चलचित्रको फाईनल प्रिन्ट लिएर सोमबार नेपाल फर्कने बताए । हाल चलचित्रको डिजिटल इनकोडिङ र कलर करेक्सनको काम भनाई रहेको निर्देशक ढकालको भनाई छ ।

 

दिया फिल्मसको व्यानरमा दिल श्रेष्ठले निर्माण गरेको चलचित्र 'पर्खिराख है' मा मुकेश ढकाल र उनकी श्रीमतीलाई एकसाथ देख्न सकिने छ । यसका साथमा सो चलचित्रमा दिल श्रेष्ठ, सञ्चिता लुईटेल, मिथिला शर्मा, विद्या कार्कीको पनि मुख्य भुमिका रहेको छ । प्रेम, एक्सन, रोमान्ससँगै दाजु-बहिनी बीचको सम्बन्धलाई भावनात्मक रूपमा उनिएको सो चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ । चलचित्रका सम्पूर्ण गीत मुम्बईमा रेकर्ड गराईएको हो ।

 

दाजु-बहिनी बीचको कथा भएकाले तिहारको अवसर पारेर चलचित्र रिलिज गर्न लागिएको निर्माता श्रेष्ठको भनाई छ । चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् भने गीतमा नायक नायिकालाई नचाउने काम कविराज गहतराज, वसन्त श्रेष्ठ तथा शिव शर्माले गरेका छन् । द्वन्द्व दृश्यको निर्देशन हिमाल केसीले गरेका हुन् । चलचित्रको छायाँकन दुई बर्ष अगाडी गरिएको हो ।