मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोजमा देवयानी

फिल्मीखबर, काठमाण्डौ, 2011/08/25

चलचित्र देवयानी असोज २० गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक बिजय बस्नेतको चलचित्र देवयानी काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुमा एकसाथ रिलिज हुन लागेको छ ।

 
आफुले २ वर्ष ३ महिना लगाएर पटकथा तयार पारेको बताउदै निर्देशक बस्नेतले चलचित्र देवयानीले समाज परिवर्तनको गतीलाई समातेको जनाएका छन् । बिचार प्रबिधि र कलाका माध्यमबाट पितृसतात्मक समाजमा हुर्किएकी नेपाली आधुनिक युवतीका स्वपनील आकांक्षाहरु प्रस्तुत गरीएको बस्नेतको भनाई छ ।

सहिद फिल्म्स प्रालीको ब्यानरमा निर्माण गरीएको चलचित्र देवयानीले नारी मनोबिज्ञान, लैङ्गिक समानता र देश प्रेमका प्रसंगहरु उठान गरेको बस्नेतको भनाई छ । के मान्छे प्रेममा पागल हुन्छ ? पागल प्रेमीका हर्कतहरुक कस्ता हुन्छन् ? प्रेम बिस्तारै झाङ्गिदै जाने लहरे पिपल हो ? कति बेला मान्छे निडर हुन्छ र मार्न अनि मर्न तयार हुन्छ ? के सबै हत्याहरु गलत छन् ? यि र यस्ता प्रश्नहरू चलचित्र देवयानीमा उठान गरीएको निर्देशक बस्नेतले जनाए ।

 
बिमला केसी देवयानीको भुमिकामा प्रस्तुत भएको यो चलचित्रमा निखिल उप्रेती, दिलिप रायमाझि, तृप्ती नाडकर लगायतका कलाकारहरुको अभिनय रहेको छ । लक्ष्मण शेषको संगीतमा बसन्त श्रेष्ठले कलाकारहरुलाई नचाएका छन् । रोशन श्रेष्ठको द्धन्द्ध रहेको चलचित्र देवयानीलाई राजु बिक्रम थापाले खिचेका हुन् ।