तीज आउन अझै केही दिन बाँकी रहे पनि तिजको रमझम भने शुरु भईसकेको छ । शहर होस् वा गाँउ चारै तिर तीजका गीतहरु घन्किन थालेका छन् । त्यसो त शहरका बिभिन्न स्थानहरुमा अहिले दर खाने कार्यक्रमको चहलपहल पनि शुरु भईसकेको छ ।
हिन्दु नारीहरुको महान चाडका रुपमा लिइने तिजलाई नायिकाहरुले भब्य रुपमा मनाउने बताइरहेका छन् । धेरै जसो नायिकाहरुले तिजमा नाचगान गर्ने र ब्रत बस्ने बताउदै आएका छन् । तिजमा विवाहिता नारीहरु माइतीमा गएर तीज मनाउने प्रचलन रही आएको छ । यसै क्रममा चलचित्र क्षेत्रको अभिभावक भनेर चिनिने चलचित्र बिकाश बोर्डले महिला चलचित्रकर्मीहरुलाई दर खुवाउने भएको छ । यहि भाद्र १० गते शनिबारका दिन बोर्डले महिला चलचित्रकर्मीहरुलाई दर खुवाउन लागेको हो ।
बोर्डले उक्त दिन चलचित्रमा महिलाहरुको समस्याका बारेमा अर्न्तक्रिया कार्यक्रम समेत गर्ने भएको छ । चलचित्रकर्मी महिलाहरुको बिचमा अर्न्तक्रिया कार्यक्रम गरी उद्धेश्य मुलक रुपमा तिजको दर खान लागेको बोर्ड सदस्य मौसमी मल्लले जानकारी दिएकी छन् । उक्त दिनको दर खाने कार्यक्रमलाई भब्य बनाउन बोर्डले निर्माता संघलाई उक्त दिन कुनै पनि सुटिङ नर्गन पत्र समेत काट्ने भएको छ । महिला चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बिचमा तिजको दर खान लागेको जनाउदै मल्लले उक्त दिन महिला चलचित्रकर्मीहरुको बिचमा गरिने बोर्डको छलफलले निष्कर्ष निकालेको बताईन् ।
परापूर्व कालमा पार्वतीले महादेब पति पाउ भनेर निराहर ब्रत बसेको तथा महादेबलाई खुशि पार्न नाचगान गरेको धार्मीक बिश्वासका साथ तिजमा ब्रत बस्ने र नाचगान गर्ने प्रचलन रहि आएको छ । त्यसो त तिजको दिनमा ब्रत बसि नाचगान गर्नु पर्ने हुदा शरिरलाई दरो बनाउन अघिल्लो दिन मिठो मिठो खानेकुरा खाने प्रचलनलाई दर खाने भनीए पनि अहिले भने एक महिना अगाडी बाटनै ठाउँ ठाउँमा दर खाने कार्यक्रमहरु आयोजना हुदै आएका छन् ।
मिति : २०८० चैत्र १६, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
सुटिङ रोकेर तिजको दर
फिल्मीखबर, काठमाण्डौ, 2011/08/25
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा
- फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे
- बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
- ‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?
- ‘महाजात्रा’को गीतमार्फत् २०८२ को दशैंमा नयाँ फिल्म ल्याउने घोषणा
- ‘वर एन्ड वधु’का लागि विवेकले बनाए सुगठित शरीर