मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघका महासचिव र कोषाध्यक्ष निष्कासित

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/08/03

नेपाल चलचित्र निर्माता संघको आज बसेको कार्यसमिति बैठकले महासचिब चिरञ्जिबी बस्नेत र कोषध्यक्ष डाक्टर सिंह गुरुङलाई निष्कासित गरेको छ । लामो समय देखि नियमित रुपमा बैठकमा उपस्थित नभएका कारण दुबै पदाधिकारीलाई बिधान अनुसार कारबाही स्वरूप उनीहरूको पद खोसिएको बैठक पछि सचिब सुरेश दर्पण पोखरेलले जानकारी दिए ।

 

निर्माता संघको बिधानमा नियमित रुपमा तीन बैठकमा बिना जानकारी अनुपस्थित भए स्पष्टिकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा बहुमतले निस्काशन गर्ने ब्यवस्था रहेको छ । सोही अनुरुप महासचिब र कोषाध्यक्ष दुबैलाई स्पष्टिकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नआएपछि निस्काशन गरीएको जनाइएको छ । उनिहरु ०६६ फागुन २२ गते भएको निर्माता संघको अबिधेशनबाट महासचिब र कोषाध्यक्षमा निर्बाचित भएका थिए  भने आजै बसेको संघको बैठकमा सल्लाहाकार रहेका केशब भट्टराईले प्रस्तुत गरेको राजीनामा पनि स्विकृत गरीएको छ ।


उनिहरुलाई निस्काशन गरेपछि आजै बसेको अर्को बैठकले रित्त रहेका पदहरुको पुर्ति गरेको छ । संघका अध्यक्ष राजकुमार राईले दिएको जानकारी अनुसार आज बसेको दोस्रो बैठकले सदस्य प्रज्ञा जोशीलाई कोषध्यक्षमा नियुक्त गरेको छ । उनि कोषाध्यक्ष भए पछि खालि भएको सदस्य कोटामा केशब भट्टराईलाई नियुक्त गरेर लगत्तै भट्टराईलाई महासचिब नियुक्त गरेको छ । भट्टराईलाई पनि सदस्यबाट महासचिब बनाए पछि फेरी खाली बनेको सदस्य पदमा सुमन दहाललाई नियुक्त गरीएको संघले जनाएको छ । संघको बिधान अनुसार कार्यसमिती सदस्य नभैकन मुख्य जिम्मेवारी सम्हाल्न नपाउने ब्यवस्था भएकाले यस्तो गरीएको हो ।


रमाइलो कुरा त के छ भने गत वर्ष भएको अबिधेशनमा वर्तमान कार्यसमितीमा अध्यक्ष रहेका राजकुमार राईसंग भट्टराईले प्रतिस्पर्धा गरेका थिए । अहिले आएर उनि महासचिब हुनुले संस्थालाई मजबुत बनाएर अगाडी बढाउने पक्का देखिएको छ । हामीले यस बारेमा केशब भट्टराईसंग प्रतिक्रिया लिदा उनले आफु सदैब निर्माता संघको लागी नै सर्मपित रहेको बताए । उनले आफुले कुनै रिसिबी नराखीकन निर्माता संघको हरेक काममा अग्रसर हुदै आएको बताउदै सबै साथिहरुले निर्माता संघको लागी आफ्नो आवश्यकता महशुस गरेकाले महासचिब पद स्वीकार गरेको जनाएका छन् ।

 

भट्टराईले चुनावी प्रक्रियामा आफुले स्वच्छ प्रतिस्पर्धा गरेको भन्दै पहिले देखिनै मिलेर जानुको बिकल्प नभएको बताएको उल्लेख गरेका छन् । उनले आफुले महासचिबको पदभार ग्रहण गर्नुले अन्य संघ संस्थालाई पनि मिलेर जान पाठ सिकाउने उल्लेख गरे । आफु महासचिब नियुक्त भए पछि पहिलो काम भदौ ३ गते हुन गइरहेको साधारण सभालाई सफल पार्नु रहेको जनाएका छन् ।


यसरी निस्क्रिय रहेका सदस्यलाई निस्काशन गर्दै नयाँ सदस्य थपेको निर्माता संघ अब अत्यन्तै क्रियाशिल भएर अगाडी बढोस् । नव नियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना !!!