Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल स्टारर ‘बाटुलो जून’को ट्रेलरमा प्रेम र वियोग

फिलमीखबर, काठमाडौं, 2026/11/04

Anmol KC, Princy Khatiwada

 

काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथा र त्यसको कालखण्डबारे जानकारी दिएको छ । फिल्म ३०−४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ । 

ट्रेलर पूर्णतः अनमोल केसी र प्रिन्सी खतिवडामा केन्द्रित छ । काजी पात्रको भूमिकामा रहेका अनमोल गाउँमै पढाउने काम गर्छन् । त्यही क्रममा प्रिन्सीसँग उनको माया बस्छ । तर, अनमोलको परिवार भने उनीहरूको सम्बन्धको पक्षमा छैन । यस्तो अवस्थामा उनीहरूको प्रेमले पूर्णता पाउला ? ट्रेलरले छाडेको मुख्य रहस्य यही हो ।

ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि देखिएका छन् । उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । बुबाको भूमिकामा देखिन अनमोलले जुँगा समेत पालेका छन् । समग्रमा ट्रेलरले क्लासिक लभस्टोरीको झल्को दिएको छ । फिल्मले जेन वाइ र जेन एक्स पुस्ताका दर्शकलाई पुराना दिनको सम्झना गराउने देखिन्छ ।

भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ । सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जीया केसी र भविष्य खड्का निर्मातामा छन् ।