मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गैर्‍हकानुनी ढंगले सञ्चालित कल्पना हल आजबाट बन्द

फिल्मीखबर, काठमाण्डौ, 2011/08/03

फिल्म नगरी भनेर घोषणा हुन लागेको पर्यटकिय नगरी पोखराको पूरानो हल कल्पना सिनेमा हल आज बुधबारबाट बन्द गरिएको छ । करिब दुई दशक देखि बिना नविकरण कर छल्दै गैर्‍हकानुनी ढंगले हल सञ्चालन गरिरहेकोले चलचित्र विकास बोर्ड अन्तर्गतको अनुगमन समितिले आज १२ बजेबाट सो हल बन्द गराएको छ ।

 

हिन्दी चलचित्र चलाउँदै आएको कल्पना हल नविकरण गरेर मात्र चल्न सक्ने अवस्थामा भने छैन । किनकी सो हलले लामो समय देखि बिकास बोर्डलाई बुझाउनु पर्ने १२ लाख भन्दा बढि कर र राजश्व बुझाएको छैन । त्यसैले बिकास बोर्डलाई बुझाउनु पर्ने कर, राजश्व तिरेमा मात्र सो हल सञ्चालन हुन पाउने बोर्डको हल अनुगमन समितीका सदस्य चेतन सापकोटाले फिल्मीखबरलाई जानकारी गराए ।

 

यसैगरी कर छल्दै नविकरण नगरी सञ्चालन भईरहेको काठमाण्डौ उपत्यकाका दुई सिनेमा घरलाई पनि समितीले रातो झण्डा देखाई सकेको छ । बौद्वमा रहेको सिद्वार्थ सिनेमा हल र भक्तपुरको कमलविनायक हलले पनि बर्षौं देखि कर छलिरहेकोले समितीले जति सक्दो चाँडो कर तिरेर नविकरण गर्न आग्रह गरेको छ । यहि समयमा नविकरण नगरेमा सो हलको लाईसेन्स खोसेर हल बन्द गरिने सापकोटाको भनाई छ ।