शहरको मुख्य समस्या नै ड्रग्स हो भन्ने कुराहरु उठिरहँदा ड्रग्समा बढी युवा युवती फसिरहेको भन्ने खवरहरु पनि आइनैरहेका छन् । त्यसो त ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो वर्वादी आफैले तय गर्नु भएको पनि बताइन्छ । के साँच्चिकै ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो बर्वादी आफैले तय गर्नु हो त ? जान्नका लागी हेर्नैपर्ने हुन्छ चलचित्र 'MY Own Graveyard' ।
चलचित्रलाई 'Don't do drug Don't dig your own graveyard' भन्ने स्लोगनका साथ निर्माण गरिएको जनाइएको छ । यस्तै निर्माण पक्षले चलचित्र ड्रग्स बिरुद्धको आवाज भएको जनाएको छ । अनुप गिरी निर्देशित करिब ३० मिनेटको छोटो चलचित्र 'MY Own Graveyard' को पचास पतिशत प्राबिधिक कार्य सकिएको छ ।
निर्देशक गिरी आफैले लेखेको कथामा चलचित्रको निर्देशन गरेका थिए भने चलचित्रमा उनी आफैले क्यामरा चलाएका छन् । यति मात्र कहाँ हो र ? अहिले चलचित्रको सम्पादन पनि उनि आफैले गरी रहेका छन् । उज्वला केसीको सह निर्देशन रहेको चलचित्रको मुख्य भुमिकामा किरण खनालले अभिनय गरेका छन् । चलचित्रको बाकीँ काम भै रहेको निर्देशक गिरीले जानकारी दिएका छन् ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
चलचित्रमा ड्रग्स बिरुद्धको आवाज
फिल्मीखबर, काठमाण्डौ, 2011/07/13
- ‘रोल नं १’को ‘म्याग्दी रुमाले’ गीत सार्वजनिक, भिडियोमा ‘रैया चाँदीको’ झल्को
- ‘एक मुठ्ठी बादल’को ‘पल्लो घर’ गीतमा निराश आँचल
- मुस्ताङ पुगेर शिल्पाले कसिन् लगनगाँठो
- ‘लालीबजार’को प्रिमियरमा जब स्वस्तिमा नै भावुक बनिन्
- बक्स अफिसमा मिथिला, स्वस्तिमा र वर्षाको फिल्मबीच प्रतिस्पर्धा
- ‘मालती मंगले’को प्रिमियरमा मदनकृष्णदेखि रविसम्मले के भने ?
- कसरी सम्भव भयो ‘मालती मंगले’को सेन्सर ?
- लक्षित दर्शक भेट्न कक्षाकोठामै पुगे ‘रोल नं १’का कलाकार
- ‘आ बाट आमा २’मा सविनको प्रवेश, हिरो कि भिलेन ?
- ‘मितज्यू’को पात्र मभन्दा फरक छ : दयाहाङ राई
Most Visited News (monthly)

