पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको सुटिङ डेट सरेको छ । असार १५ गतेबाट सुटिङमा जाने भनिएको चलचित्रको अब भदौको पहिलो साता मात्र छायाँकनमा थालिने छ ।
कलाकार उत्तम केसीले निर्देशक लय संग्रौलासंग मिलेर निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशन संग्रौलाले गर्ने छन् । तर निर्देशन संग्रौला अहिले टेली सिरियलमा ब्यस्त भएका कारण यो चलचित्रको छायाँकन समय पछाडी सारेको निर्माता केसीले जनाएका छन् । केसीका अनुसार चलचित्रको छायाँकन पछाडी सार्नुको मुख्य कारण निर्देशकको डेट भन्दा पनि नायकको डेट नमिलेकोले रहेछ । यसका नायक सुमन सिंह ब्यस्त भएको र उनले भदौ अघि समय दिन नसक्ने जनाएका कारण चलचित्रको छायाँकन समय पछाडी सारिएको हो ।
९० प्रतिशत पुरुषहरुको चरित्रमा आधारित हुने भनिएको यस चलचित्रको कथा र गीत निर्देशक संग्रौला कै छ । सुमन सिंह प्रमुख पात्रको रुपमा चलचित्रमा प्रस्तुत हुने जानकारी दिदै केसीले बिश्वका लोग्ने मान्छेको चरित्रलाई नायक सुमनले पर्दा मार्फत प्रस्तुत गर्ने जानकारी गराए । सुमनका अलवा चलचित्रमा नायिका झरना थापा र सिर्जना बस्नेत पनि मुख्य भुमिकामा देखिने छन् । चलचित्रको छायाँकन काठमाडौमा नै गरीने छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
हिरो कुर्दै लोग्ने मान्छे
फिल्मीखबर, काठमाण्डौ, 2011/07/09
- ‘जलाकी’को ‘चाँदी जलप’ गीतमा सोनम र उपासनाको नृत्य
- सौरभको ‘साम्राज्य’मा सौगातको प्रवेश, चार फरक उमेरमा देखिने
- ‘गौँथली’को दबदबाबीच प्रदर्शनमा आए ‘हली’ र ‘कमला मिस’
- बेलायतमा प्रदर्शन हुँदै ‘हली’
- ‘लज्जावती’को गीतमा थानेश्वरको स्वर, श्रीकृष्णको पीडा
- ‘मास्टर्नी’को ट्रेलरमा छोरीलाई बचाउन आमाको संघर्ष
- ‘आचार्य’का कारण निखिल र सञ्चिताको सम्बन्ध बिग्रिएको हो ?
- ‘एलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलरमा के छ ?
- ‘झिँगेदाउ २’को टिजरमा केकी−आँचलको झगडा र आमाको खोजी
- ‘गौँथली’का अरुण ‘म मदनकृष्ण’मा हरिवंश बन्ने
Most Visited News (monthly)

