मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार पाउने भए परिचय पत्र

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/06/24

कलाकारहरुले अब चाडै नै राष्ट्रको तर्फबाट कलाकार परिचय पत्र पाउने भएका छन् । आज चलचित्र बिकाश बोर्डले कलाकारहरुसँग गरेको छलफलमा यस्तो प्रतिबद्धता जनाएको हो । कलाकारलाई राष्ट्रको सम्पत्ति माने पनि सहि रुपमा सदुपयोग गर्न नसकेको कुराहरु उठिरहदा राज्यको तर्फबाट कलाकार परिचय पत्र लागु गर्न लागिएको हो ।

 

आजको छलफल पछि बोर्डले कलाकारहरुको जीवन बिमाको लागी कदम अगाढी बढाउने निर्णय समेत गरेको छ । कलाकार राज्यको सम्पत्ति भएका कारण उनिहरुको जीवन ग्यारेण्टी राज्यको दायित्व भन्दै बोर्डले तत्काल बिमाको प्रक्रिया अगाढी बढाउने प्रतिबद्धता जनाएको छलफल पछि प्रबक्ता बिजय बस्नेतले जानकारी गराएका छन् । यस्तै कलाकारहरुको संक्षिप्त बिवरण पनि बिकाश बोर्डले राख्ने भएको छ । कलाकारहरुको बारेमा राज्य पनि जानकार हुनु पर्ने भन्दै बोर्डले कलाकारहरुको बायोग्राफी संकलन गर्न लागेको हो । कलाकार परिचय पत्र, जीवन बिमा र बायोग्राफी संकलन कार्य तत्काल अगाढी बढाउने प्रतिबद्धता जनाएको बोर्डले कलाकारहरुको तर्फबाट भने यस बारेमा धेरै नै असन्तुष्टिहरू सुन्नमा आएको थियो ।


छलफलमा सहभागी मध्येका एक नायक भुबन केसीले जती कुरा गरे पनि हात लाग्यो शुन्य हुने भन्दै कलाकारहरुले आफ्ना असन्तुष्टिहरु खुलेर राखेको बताए । छलफल पछि फिल्मीखबर डटकमसँग कुराकानी गर्दै नायक केसीले राज्यको तर्फबाट बोर्डले कलाकार परिचय पत्र लागु गर्नु सकारात्मक भएको बताए । पछिल्लो समय बिकाश बोर्डले निर्माता संघ र चलचित्र संघको पक्षमा मात्र काम गरे जस्तो देखिएकाले कलाकारहरुका समस्या बारे छलफल गर्न आज अर्न्तक्रिया कार्यक्रम आयोजना गरिएको प्रवत्ता बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार प्राय सबै चलचित्रकर्मीलाई निमन्त्रण गरिएको भए पनि नायकहरु भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, राजबल्लभ कोइराला र नायिका तर्फ अरुणिमा लम्साल, जेनी कुवँर र बिमला केसी मात्र उपस्थित रहेका थिए । कार्य ब्यस्तता भन्दै कलाकारहरु छलफल कार्यक्रममा उपस्थित नभएका कारण छलफल बोर्डले साचे जस्तै प्रभावकारी नभए पनि उपलब्धी मुलक भएको बस्नेतको भनाइ छ ।


यस्तै आज बसेको बोर्डको बैठकले आगामी बर्षको बजेटमा बोर्डको तर्फबाट कति बजेट माग गर्ने भन्ने बिषयमा छलफल समेत गरेको छ । बोर्डको कार्य योजनाका आधारमा कति बजेट आवश्यक छ र भन्ने बारेमा छलफल गरी सञ्चार मन्त्रालय मार्फत बोर्डका लागी बजेट माग गरिने समेत प्रवत्ता बस्नेतले जानकारी गराएका छन् । यस्तै चलचित्र हल र चलचित्रको बर्गीकरणका मापदण्ड तयार गर्न गठीत समितीको आजको बैठकले कुनै निर्णय गर्न सकेन । समितीका सदस्य चलचित्र संघका महासचिब प्रदिप उदय अस्वस्थ्य भएको भन्दै बैठकमा अनुपस्थित भए पछि कुनै पनि निर्णय गर्न नसकिएको बोर्डका प्रवत्ता तथा समिति संयोजक बस्नेतले जानकारी दिए ।