मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन चलचित्र तीन सिस्टमबाट भिड्दै

फिल्मीखबर, काठमाण्डौ, 2011/06/24

आज शुक्रबार राजधानीमा तीन चलचित्रको भिडन्त भएको छ । प्रमोद भण्डारीको निर्देशनमा बनेको चलचित्र 'सपथ', चुन्निलाल घिमिरेको निर्देशनमा बनेको चलचित्र 'किन मायामा' र बिनोद सेरेङको निर्देशनमा बनेको चलचित्र 'अंगालो यो मायाको' एकआपसमा भिड्दै छन् ।

 

पालो प्रणालीबाट राजधानीमा मात्र सार्वजनिक भएको चलचित्र 'सपथ' मा राजेश हमाल र रेखा थापाको मुख्य भुमिका रहेको छ भने डिसिएन ले बितरण गरेको चलचित्र 'अंगालो यो मायाको' र सुनिल मानन्धरले बितरण गरेको चलचित्र 'किन मायामा' गरि दुबै चलचित्रमा प्रशान्त तामाङको मुख्य भुमिका रहेको छ । चलचित्र 'सपथ' एक दर्जन भन्दा बढि हलमा लागेको छ भने 'किन मायामा' ७ हलमा लागेको छ । यता 'अंगालो यो मायाको' चलचित्र भने जम्मा ४ वटा हलमा लागेको छ ।

 

'सपथ' चलचित्र यस अघि मोफसलमा रिलिज भईसकेको चलचित्र हो भने 'अंगालो यो मायाको' र 'किन मायामा' चलचित्र आजैबाट राजधानी बाहिरका हलमा पनि रिलिज भएको छ । यसरी तीन चलचित्र एकआपसमा भिड्नु हलवालालाई मात्र फाईदा होला अरूलाई भने घाटा नै हुन्छ । अझ चलचित्रका निर्माताहरू भने त मज्जाले डुब्ने संकेत देखिन्छ । तर पनि निर्माताहरू आ-आफ्नो चलचित्रले राम्रो व्यापार गर्नेमा बिश्वस्त छन् ।