मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरूणिमा पनि आमा बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2011/06/23

नायिका अरूणिमा लम्साल चलचित्रबाट टाढिएको कुरा सञ्चारमाध्यमा आएकै हो तर उनी किन टाढिईन् र कहिले सम्मका लागि भन्ने कुराको यकिन भने हुन सकेको थिएन । अहिले आएर उनले चलचित्र छाड्नुको रहस्य पत्ता लागेको छ ।

 

नायिका मेलिना मानन्धर आमा भएको एक बर्ष बित्न नपाउँदै अर्कि नायिका सञ्चिता लुईटेल पनि छिट्टै नै आमा बन्दैछिन् । नायिका सञ्चिता लुईटेल आमा बन्न लागेको खबर अधिकांश मिडियामा आएको भए पनि अर्की नायिका अरूणिमा लम्साल पनि आमा बन्न लागेको खबर धेरैलाई थाहा छैन । हो नायिका अरूणिमा आमा बन्दै छिन् । चलचित्र धडकनबाट एकाएक चर्चामा आएकी अरूणिमा आमा बन्न लागेको खबर पत्ता लागेपछि उनलाई बधाई दिनेको ओईरो लागेको छ ।

 

नायिका अरूणिमा आफ्ना श्रीमान् अमितका साथ

आज भन्दा ठिक ६ बर्ष अघि अमित अर्यालसँग प्रेम बिबाह गरेकी अरूणिमाको गर्भमा ४ महिनाको बच्चा हुर्किरहेको छ । केहि दिन अगाडी मात्र चेकअप गर्दा डक्टरले छोरी हुनसक्ने बताएको भन्दै अरूणिमाले अबको एक महिनामा भित्रमा छोरा या छोरी के हुन्छ त्यो कुराको यकिन हुने बताईन् । छोरा भएपनि या छोरी भएपनि आफू खुसी हुने भन्दै अरूणिमाले आमा बन्ने कुरा सस्पेन्स राख्न खोजेको तर धेरैले थाहा पाईसकेकाले सस्पेन्स राख्न नसकेको गुनासो पोखिन् । उनले भनिन्, 'मैले त सबैलाई एकै चोटी सरप्राईज दिन खोजेकी थिएँ तर हल्ला भईहाल्यो ।'
 

बिहे गरेर नै चलचित्र क्षेत्रमा स्थापित भएको बताउने अरूणिमाले आमा बनेपछि झन् स्थापित हुने कुरामा बिश्वस्त छिन् । बच्चा जन्माउन ढिला भईसकेको बताउने यि नायिकालाई अझै केहि समय चलचित्रमा देख्न नपाईने भएको छ । तर पनि उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र 'के यो माया हो' भने यहि श्रावण २० गते रिलिज हुँदैछ । जे होस् चलचित्रबाट केहि समयका लागि टाढिएकी अरूणिमालाई आमा बन्न लागेकोमा बधाई भने दिनै पर्छ । बधाई छ अरूणिमा जि !