मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलहीको प्रचार प्रसार तिब्र पारिंदै

फिल्मीखबर, काठमाण्डौ, 2011/05/24

प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'दुलही' का निर्देशक बाबुराम ढकाल र संगीतकार अष्ट लामा सुदूरपश्चिम र मध्यपश्चिमको चार दिने भ्रमण सकेर सोमबार बिहान काठमाण्डौ आईपुगेका छन् । उनीहरूले सुदूरपश्चिम र मध्यपश्चिमका सञ्चारमाध्यममा अर्न्तवार्ता र अन्तरक्रिया गरेको बताए ।

 

जेष्ठ २७ गते सार्वजनिक हुन लागेको सो चलचित्रको प्रोमोशनका लागि आफूहरू देश दौडाहमा निस्केको निर्देशक ढकालले जानकारी दिए । उनले भने, 'सुदूरपश्चिमका धनगढी र महेन्द्रनगर तथा मध्यपश्चिमका नेपालगञ्ज, सुर्खेत र दाङ पुगेर आईयो । अब रिलिजका बेला कलाकारहरू सहित थप प्रोमोशनमा मुख्य मुख्य शहरमा जानेछौं ।' प्रचार प्रसारका लागि यस अघि  उनीहरू पूर्वाञ्चल र पश्चिमाञ्चलका मुख्य मुख्य शहरहरूमा पुगेर आईसकेका छन् ।

 

ओएसआर फिल्मस प्रालीको व्यानरमा हर्षिता केसीले निर्माण गरेको सो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल र सुमिना घिमिरेको मुख्य अभिनय हेर्न सकिने छ । सपना, चाहना, संस्कार, त्याग, तपस्या, बलिदान, प्राप्तीहरूको संयोगको रूपमा लिईएको चलचित्र दुलहीको कथा बाबुराम ढकालले लेखेका हुन् । सांगितीक हिसाबले सबल मानिएको सो चलचित्रमा अष्ट लामाको संगीत रहेको छ भने भारतका चर्चित गायकगायिकाहरूले स्वर दिएका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द, पुनम राई, कविराज गहतराज र शंकर बिसीको नृत्य तथा बिपिन मल्लको सम्पादन रहेको छ ।