मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाटकिय हिसाबमा हैन बास्तवमै सेक्सको अनुभब छ : राजेश हमाल

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/05/23

नेपाली चलचित्र क्षेत्रमा बिबाह गर्ने, नगर्ने र बिबाह गरेपछि डिभोर्स गर्ने त्यत्ति नै मात्रमा छन् । पछिल्लो समय नायक नायिकाका बिबाह र प्रेम सम्बन्धबारे धेरै नै समाचारहरु प्रकाशनमा आएका छन् । खासगरी अहिले चलचित्र बजार दुई नायकका कारण प्रेममय बनिरहेको छ । कारण दुबै नायकको प्रेम प्रसङ्ग हो ।

 


केही समय अघि नायक भुवन केसीले आफ्नी प्रेमीका सार्वजनिक गरे भने महानायक राजेश हमालले आफ्नो प्रेमीका रहेको खुलासा गरे । कारण एउटै थियो प्रेमीका तर त्यस भित्रको गुदी कुरा भने फरक । भुवनलाई त्यहि सम्बन्धका कारण अर्काको घर बिगारेको आरोप लाग्यो भने महानायकलाई त्यहि सम्बन्धका कारण बिबाह कहिले गर्ने भन्ने प्रश्नको ओइरो लाग्यो । दुबै चलचित्र क्षेत्रमा कार्यरत छन् । दुबैले आ-आफ्नो प्रेमीका भएको सार्वजनीक पनि गरे तर यि दुइ मध्ये भुवन बिबाहित हुन् । भुवनले यस अघि दुई पटक बिबाह गरे र दुबैसँग सम्बन्ध बिच्छेद पनि गरे तर महानायक भने उमेरले दुई बिस काट्दा पनि अबिबाहित छन् ।

 


समय सधैं एउटै कहाँ रहन्छ र ! अनि मन पनि त कहाँ एउटै रहन्छ र । महानायकको मन पनि फेरीएछ क्यारे ! हमालले आफु र आफ्नी प्रेमीकाको बिचमा एक डेढ बर्षको समय राखेर बिबाह गर्ने सल्लाह भइरहेको बताएका छन् । आफ्नो प्रेम परिपक्व हुन अझै दुई बर्ष जति लाग्ने बताउदै हमालले भर्खर दही जम्न लागेको हुँदा त्यो हल्लायो भने नजम्न पनि सक्ने बताएका छन् । एक साप्ताहिकसँग कुरा गर्ने क्रममा उनले अन्य चलचित्रकर्मीको उदाहरण दिदै बिबाह गरेर पनि धेरैको बिछोड भएको अवस्थामा बल्ल आफूले घरजमको चाँजोपाँजो मिलाउने लागेको बताएका छन् ।

 


आफु बिभिन्न स्थितीबाट गुज्रिरहेको र सुरुमा बिबाहको सोच नै नआएका कारण बिबाह नगरेको भए पनि अहिले त्यो सोच आएकाले बिबाहको लागी सल्लाह गरिरहेको महानायकले बताए । आफुमात्र तयार भएर बिबाह नहुने भन्दै उनले प्रेमीकाले सर्घष गरिरहेकोले उनि तयार हुन केही समय लाग्ने बताए । बिबाहको लागी सोच बनाए पनि आफ्नी प्रेमीकाको नाम भने उनले गोप्य नै राखे । बिबाहको कुरा मात्र उठेको तर पक्का नभै सकेकाले उनको बारे आफु खुल्न नचाहेको उनको भनाई छ ।

 


आफुले रिल लाइफमा धेरै पटक बिबाह गरेको बताउदै बास्तविक जिवनमा अहिले सम्म दुलही भित्राउने साइत नजुरेको बताए । पछिल्लो पटक यहि जेष्ठ २७ गते देखी रिलिज हुन लागेको चलचित्र दुलहीमा आफुले दुलही भित्राएको बताउदै उनले रिल लाइफमा भए पनि बिबाहको अनुभब लिन पाएकोमा निर्देशकहरुलाई धन्यबाद दिएका छन् । चलचित्रमा नाटकिय हिसाबमा सुहागरातको धेरैपटक अनुभब लिएको बताउदै उनले अभिनयकै कारण बिबाह अपरिचित जस्तो नलाग्ने बताए । सुहागरातको नटकीय अनुभब मात्र नभएर सेक्सको अनुभब गर्नु भएको छैन त ? भन्ने प्रश्नमा उनले हास्दै… यो कुरा छर्लग भएको बताए । बिबाह भएर मात्र सम्बन्ध नहुने भन्दै उनले पहिला साथीहरु भएको र कलेजमा पढदाखेरी सम्बन्ध पनि बढन गएको भन्दै ति सम्बन्ध बिभिन्न कारणले बिबाहमा परिणत हुन नसकेको बताए । बिबाह नगरेकाले आफु कुमार भए पनि आफुलाई कुमार भन्दा अस्वाभाबीक लाग्ने महानायकको  भनाई छ ।