मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्टरनेटमा खासै चासो छैन

सञ्जय सौगात, बुटवल, 2011/05/22

म दैनिक बिहान ५ बजे उठिसकेको हुन्छु । उठेर ट्वाइलेट वाथरुम जान्छु । त्यसपछि साढे ६ देखि सात बजेको समयमा एक कप चिया खान्छु । अनि त्यसपछि म हेल्थ क्लब जान्छु । म हेल्थ क्लब जान कहिल्यै छुटाउँदिन । हेल्थ क्लबमा करिब दुई घण्टा बिताउँछु र ९ बजेतिर घरमा फर्कन्छु । घरमा आएपछि ब्रेकफास्ट लिन्छु । ब्रेकफास्टमा म तोस, बटर, पाउरोटी, दूध, जुस र सिजनअनुसारको फलफुल लिन्छु ।

 


म जुस र फुलफुल बढी मन पराउँछु । यही ब्रेकफास्टको समयमा ९ देखि १० बजे भित्रै मैले पत्रपत्रिकाहरु पनि हेरिसक्छु । त्यसपछि  फिल्मको सुटिङ या डबिङ भए म त्यता तिर लाग्छु । यति दुबै छैन भने म आफ्नो प्राइभेट अफिसजस्मिन फिल्म्स तिर लाग्छु । अफिसमा अफिसको कामहरु गरेर समय बिताउँछु । दिउँसोको २ बजेतिर म लन्च लिन्छु । लन्चमा म साधारण दालभात तरकारी नै मन पराउँछु । त्यसमा पनि चिल्लो, अमिलो र पिरो रहित मलाई चाहिन्छ किनकी मैले हेल्थको लागि अमिलो, पिरो तथा चिल्लो खाँदिन । लन्च लिएर अफिसमा फर्कन्छु र फेरी अफिसकै काममा व्यस्त हुन्छु ।

 

शनिबार अफिस बन्द हुने हुँदा सो दिन म भैंसेपाटी तिर जान्छु ।  भैंसेपाटीमा मैले आफ्नै घर बनाउन लागि रहेको छु । त्यसैले पनि आजभोली म त्यतै तिर व्यस्त हुने गरेको छु । घरको काम करिब सकिनै आँटेको छ । अबको केही दिनमै म नयाँ घरमा सर्दैछु । अहिले साथमा मेरी श्रीमती र दुई छोरीहरु छन् । उनीहरुलाई पनि समय दिन सकिरहेको छैन । कहिलेकाहीँ समय निकालेर छोरीहरु र श्रीमतीलाई घुमाउन लैजाने गर्छु तर अहिले त्यो समय पनि निकाल्न सकिरहेको छैन ।  बुबाआमा पाल्पामा हुनुहुन्छ । उहाँहरुलाई पनि बेला-बेलामा समय निकालेर फोनबाट सम्पर्क गर्छु । चलचित्र' बरदान' र केही म्यूजिक भिडियोहरुको सुटिङ चलिरहेको छ । त्यसमा पनि समय दिइरहेको छु ।


इन्टरनेटमा मलाई खासै चासो छैन । मैले आफ्नो इमेल अकाउण्ट पनि बन्द गरिसकेको छु । किनकी यसले मानिसलाई बढी टर्चर गर्छ । मलाई अहिले चारैतिरबाट कामको लोड परिरहेकोले डाक्टरको सल्लाह अनुसार रेस्ट पनि गर्ने गरेको छु । डाक्टरले त मलाई सकेसम्म मोवाइल पनि नबोक्न भनेको छ तर मोवाइल भने छोड्न सकिरहेको छैन ।

 

साँझ ५/६ बजे तिर काम सकेर नास्ता लिन्छु । साथीहरुसँग भेटघाटको लागि म फेरी हेल्थ क्लब धाउँछु र साथीहरुसँग भेटघाट गरिसकेपछि साँझ साढे सात/आठ बजेको समय सम्म म घर फर्किन्छु । साँझ घरमा फर्किसकेपछि रूटिङ अनुसारको काम गर्छु र खान मन लागे ९ बजे भित्रै साँझको खाना लिन्छु यदि खाना खान मन छैन भने हल्का केही खानेकुरा लिएर टिभी हेर्न तर्फ लाग्छु । टिभीमा म बढी नेपाली न्यूज च्यानलहरु हेर्छु । त्यस बाहेक बिबिसी, जियोग्राफी जस्ता च्यानलहरु पनि हेर्छु । साँझ टिभी हेरिसकेपछि म १० बजेसम्ममा सुतिसकेको हुन्छु ।