मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनमनै मन पराउँदै दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2011/02/20

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी चलचित्रको निर्माण युनिटले गरेको छ ।

 

पछिल्लो समयमा चलचित्रको व्यापार नराम्रो भईरहेको अवस्थामा निर्देशक राजेन्द्र उप्रेतीले भने आफ्नो चलचित्रको व्यापार सन्तोष जनक रहेको बताएका छन् । उनले भने,'मेरो चलचित्रलाई दर्शकले मनमनै मन पराईदिनु भएको छ । जसले गर्दा भोलीका दिनमा चलचित्र हेर्ने दर्शकको संख्या अझ बढ्ने देखिन्छ ।'
 

रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, मिथिला शर्मा, सुनिल थापालगायतले अभिनय गरेका छन् । चलचित्रमा नायक ढकाल पहिलो पटक खलपात्रको रूपमा प्रस्तुत भएका छन् । चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र दुई युवकको कथालाई त्रिकोणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।