मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खस क्षेत्रीको कलाकर्मी समाज गठन

फिल्मीखबर, काठमाण्डौ, 2011/02/20

खस क्षेत्री एकता समाज आदिवासी जनजातीको भातृ संस्था खस क्षेत्री एकता समाज आदिवासी जनजातीको कलाकर्मी समाज गठन गरिएको छ । आईतवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गठन गरिएको सो समाजमा कलाकार तथा निर्माता नवल खड्काले अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

 

समितीमा अध्यक्ष खड्का, उपाध्यक्षमा रबिन्द्र खड्का, महासचिवमा रोज राणा, सचिवमा सरोज केसी, कोषाध्यक्षमा रोशनी केसी, सहकोषाध्यक्षमा जेनी कुवँर र सदस्यमा कुशल थापा, दिनेश थापा, उमेश खड्का, रमेश बस्नेत, हिमाल केसी, डिक खड्का, मुकुन्द थापा, राज हमाल, लक्ष्मण बस्नेत, बसन्त बहादुर खत्री, अजितजंग राणा, जयकिशन बस्नेत र  रामकृष्ण न्यौपाने रहेका छन् ।

 

नेपालमा करिब ६० लाख खस जाती हुँदा पनि राज्यले संविधानमा खसलाई अन्य जातीमा राखेको भन्दै त्यसलाई हटाएर खस क्षेत्रीलाई पनि आदिवासी जनजातीमा समावेश गरिनुपर्ने माग सहित यो समिती गठन गरिएको नवनिर्वाचित अध्यक्ष नवल खड्काले जानकारी दिए । यसैगरी नेपाली चलचित्र भित्र भएका बिकृति बिसंगतीलाई हटाउन यस समितीले बिशेष कदम चाल्ने महासचिव रोज राणाले बताए । नयाँ कार्यसमितीलाई स क्षेत्री एकता समाज आदिवासी जनजातीका अध्यक्ष युवराज कार्की सपथ खुवाएका थिए ।