मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देशभर हिउँका लप्काहरू

फिल्मीखबर, काठमाण्डौ, 2011/02/19

माओवादीले सञ्चालन गरेको दश बर्षे युद्धको अन्तरकथाको साथमा दुई सय चालिस बर्षे राजतन्त्रको पतनको पृष्ठभुमिलाई समेटेर निर्माण गरिएको वृत्तचित्र 'हिउँका लप्काहरू' शुक्रबारबाट देशभरका करिब ४० सिनेमा घरमा प्रदर्शन भईरहेको छ ।

 


अन्तर्राष्ट्रिय ऐक्यबद्धता समूह ग्रिन्सो नेपाल र भारतको थर्ड वल्र्ड मिडियाले निर्माण गरेको सो वृत्तचित्रमा माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईका साथसाथै जनसेनाका कमान्डर तथा जनयुद्धका प्रत्यक्षदर्शीको अन्तवार्ता छ । वृत्तचित्रमा माओवादीले विभिन्न ठाउँमा गरेका आक्रमण तत्कालीन सरकारसँगको शान्तिवार्ता, विभिन्न देशमा राज्यविरुद्ध गरिएका आन्दोलनका आकर्षक झलकहरू समेटिएको छ ।

 


भारतीय पत्रकार आनन्दस्वरुप बर्माको लेखनमा बनेको सो वृत्तचित्रको निर्देशन आशिष श्रीवास्तवले गरेका हुन् । बिहिबार राजधानीको जयनेपाल हलमा प्रचण्ड, बाबुराम, बामदेब गौतम, जनार्दन शर्मा लगायतका नेता सो वृत्तचित्र हेर्न पुगेका थिए । सो वृत्तचित्रलाई डिसिएन नेपालले बितरण गरेको छ ।