मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाँस्य कलाकारले हराए निर्देशकलाई

फिल्मीखबर, काठमाण्डौ, 2011/02/18

'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गतको दोस्रो खेलमा टेलीचलचित्रका हाँस्य कलाकारको टोली ६-२ को भारी गोल अन्तरले  बिजयी भएको छ ।

 

सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारण भैरहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसको आयोजनामा काभ्रेको बनेपा स्थित चाईना टाउनमा मध्यान ३ बजेबाट शुरू भएको सो खेलमा हाँस्य कलाकारको नेतृत्व दिपकराज गिरीले गरेका थिए भने निर्देशकको नेतृत्व उदय सुब्बाले गरेका थिए ।

 
यसैगरी तेस्रो खेल भोली शनिबार धरान रंगशालामा हुँदैछ । सो खेलमा चलचित्रका निर्माता र मोडल भिड्ने छन् । सौहार्दपूर्ण वातावरणमा हुन लागेको सो खेल खेल्नका लागी निर्माता र मोडलको युनिट आज धरान पुगेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले नेतृत्व गरेको निर्माताको टोली र मोडलका तर्फबाट जयन सुब्बाले नेतृत्व गरेको मोडलको टोली आज धरान पुगेको छ ।

 

निर्माताको टोलीमा अध्यक्ष राईको साथमा नायक तथा निर्माता भुवन केसी, करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, रेश मरहठ्ठा, सुनिल मानन्धर, सुसिल पोखरेल, जयप्रकाश रिजाललगायत ३० जना निर्मातारहेका छन् भने मोडलको टोलीमा जयन सुब्बा, सुसान खड्का, कला सुब्बालगायतका करिब ३५ जना मोडल रहेका छन् । खेल भोली मध्यान ३ बजे हुने आयोजकले जनाएको छ ।

 

'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गत गायक र पत्रकार बिच भएको पहिलो खेलमा गैर्‍ह गायकलाई फिल्डमा उतारेको भन्दै पत्रकार टोलीले बिरोध गरेपछि आयोजकले पत्रकारको टिमलाई सिधै सेमिफाइनलको यात्रा तय गराईदिएको छ । खेलमा गायक टोली ३-१ ले बिजयी भएपनि आधा भन्दा बढी खेलाडीहरू गायक भएको पुष्टी नभएपछि आयोजकले पत्रकार टोली बिजयी भएको घोषणा गरेको हो ।

 

अब पत्रकार टोली चैत्र १२ गते पोखरा रंगशालामा फाईनलका लागी चलचित्र कलाकार र नृत्यनिर्देशक बिचको बिजयी टोलीसँग भिड्ने छ भने आज बिजयी भएको हाँस्यकलाकारको टिम धरानबाट बिजेता बनेर आएको टिमसँग फाईनलका लागी प्रतिश्पर्धा गर्नेछ ।