Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मास्टर्नी’को गीत : प्रियंकालाई दुर्गेशको उपहार

फिल्मीखबर, काठमाडौं, 2026/07/14

MASTERNI

 

अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाबीच सुमधुर सम्बन्ध छ । चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’पछि उनीहरू एकअर्कासँग अझ नजिक भएका छन् । उनीहरूको सम्बन्ध यति मजबुत बनेको छ कि प्रियंकालाई दुर्गेशले एउटा गीत नै उपहार स्वरूप दिएका छन् । प्रियंकाले पहिलो पटक निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’को प्रमोसनका लागि दुर्गेशले गीत तयार गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको उक्त गीत सार्वजनिक गरियो । गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायनमा बबिना किरातीले साथ दिएकी छन् । गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देल देखिएका छन् । गीतमा प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

प्रियंकाका अनुसार दुर्गेशले अडियो र भिडियो दुवै आफ्नै खर्चमा तयार पारेका हुन् । उनले भनिन्, ‘फिल्मको यो गीत दुर्गेशजीले मलाई कोसेली स्वरूप दिनुभएको हो । यो पैसाबिनाको साटासाट हो । अडियो र भिडियो दुवै उहाँ आफैंले तयार गर्नुभएको हो । फिल्मको देशव्यापी कन्टर्समा पनि उहाँ आउँदै हुनुहुन्छ । त्यसमा पनि पैसा लिनुभएको छैन । यो मेरो लागि ठूलो कुरा हो ।’

आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, अनुप विक्रम शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ । शुभेन्द्र घोषको निर्देशनमा बनेको फिल्मलाई प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले निर्माण गरेका हुन् ।