Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शुभ विवाह’मा प्रदीपको जोडी सनिशा !

फिल्मीखबर, काठमाडौं, 2026/07/12

pradeep khadka and sanisha bhattarai

 

लभस्टोरीमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा २ वर्षपछि निर्देशनमा फर्किँदैछन् । उनी अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ बनाउने तयारीमा छन् । प्रदीपसँग उनले एक दशकपछि काम गर्न लागेका हुन् । यसअघि यो जोडीले ‘प्रेमगीत’ जस्तो कालजयी फिल्ममा सहकार्य गरेका थिए । यसैले उनीहरूको नयाँ फिल्मलाई लिएर दर्शकमा उच्च चासो देखिएको छ ।

आगामी भदौमा छायांकनको तयारी गरिएको फिल्ममा प्रदीपको जोडीबारे अहिलेसम्म निर्देशक थापाले कुनै जानकारी दिएका छैनन् । केही दिनअघि फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का हुनसक्ने चर्चा चलेको थियो । उनीसँग सुदर्शनले केही चरण कुरा गरेपछि यो खबर बाहिर आएको थियो । तर, अब फिल्ममा स्वस्तिमाको ‘च्याप्टर क्लोज’ भएको छ । 

फिल्मीखबरलाई विश्वस्त स्रोतले दिएको जानकारी अनुसार फिल्ममा प्रदीपको जोडी अभिनेत्री सनिशा भट्टराईसँग बाँधिने भएको छ । यसै साता उनीसँग सुदर्शनले लिखित सम्झौता गरेको जनाइएको छ । यद्यपि, फिल्ममा सनिशाको प्रवेशबारे स्वतन्त्र पुष्टि भने भएको छैन । म्यूजिक भिडियो हुँदै ‘१२ गाउँ’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी उनको ‘शुभ विवाह’ पाँचौ फिल्म हुनेछ ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई महाशिवरात्रिको छेको पारेर फागुन २१ गते प्रदर्शन गर्ने तयारी गरिएको छ । रोचक कुरा के छ भने यो मितिमा अभिनेत्री पूजा शर्माको लगानी तथा अभिनय रहने फिल्म ‘रत्यौली’ पनि प्रदर्शन हुँदैछ । ‘रावायण’पछि अलग भएका सुदर्शन र पूजाको फिल्म पहिलो पटक बक्स अफिसमा भिड्न लागेका हुन् ।