Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिलको ‘आचार्य’ असोज ९ गते आउने

फिल्मीखबर, काठमाडौं, 2026/07/10

nikhil upreti

 

अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को प्रदर्शन मितिलाई लिएर देखिएको अन्योल अन्ततः हटेको छ । यसअघि साउन २९ गते प्रदर्शन हुने चर्चा भएको यो फिल्म अब विजयादशमी (दशैं)को छेको पारेर आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म निकट स्रोतले यसको पृष्टि गरेको हो । 

निखिलले असोज ९ लाई फिल्मको प्रदर्शन मिति रोज्नु रणनीतिक कदम देखिन्छ । किनकि, फिल्म रिलिज भएको तीन सातापछि दशैंको विदा सुरु हुन्छ । फिल्मले दर्शकीय प्रतिक्रिया राम्रो पाएको खण्डमा दशैं विदाको समेत भरपूर फाइदा उठाउनेछ । यसैले निखिलले प्रदर्शन मिति रोज्दा फिल्मलाई हलमा लामो समय चलाउने हिसाब गरेको देखिन्छ ।

यसअघि निखिलले फिल्मलाई साउन २९ मै ल्याउने प्रयास गरेका थिए । तर, ग्राफिक्सदेखि ब्याकग्राउन्ड स्कोरको काम सकिन अझै केही समय लाग्ने भएपछि उनले फिल्मलाई असोजमा रिलिज गर्न लागेका हुन् । स्रोतका अनुसार यतिबेला निखिलले काठमाडौंमा फिल्मका केही महत्वपूर्ण दृश्य समेत खिचिरहेका छन् । उनले फिल्मलाई ठूलो स्केलमा निर्माण गरेका छन् । 

‘आचार्य’बाट निखिल ११ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए । अभिनेत्री सञ्चिता लुईंटेल निर्माता रहेको उक्त फिल्ममा निखिलसहित पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासियालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । भारतीय कलाकार दीपराज राणाको पनि फिल्ममा मुख्य भूमिका छ ।