Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणेश नेपालीको मुत्युबारे पूजा भन्छिन्, ‘यो हत्या हो’

फिल्मीखबर, काठमाडौं, 2026/07/10

pooja sharma

 

शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारको क्रममा शुक्रबार बिहान निधन भएपछि सामाजिक सञ्जालमा सरकारको आलोचना र विरोध हुन थालेको छ । कलाकारहरूले पनि उनको निधन राज्यको गम्भीर लापरवाहीको परिणाम रहेको भन्दै निष्पक्ष अनुसन्धान र कारवाहीको माग गरिरहेका छन् । 

अभिनेत्री पूजा शर्माले फेसबुकमा एक पोस्ट लेख्दै गणेश नेपालीको जीवन व्यवस्थाले निभाइदिएको बताएकी छन् । उनले लेखेकी छन्, ‘उनी एक मानव थिए, एक मेहनती श्रमिक थिए, सपना बोकेका नागरिक थिए- निर्दयी र संवेदनाहीन प्रशासनिक व्यवस्थाको बोझले थिचिएका । यो कुनै सामान्य दुर्घटना थिएन । यो राज्यको गम्भीर लापरवाहीको परिणाम हो । यो हत्या हो ।’

उनले नेताहरूलाई समेत प्रश्न गर्दै भनेकी छन्, ‘तपाईंहरू आफूलाई ‘नयाँ नेपालका नयाँ नेता’ भनेर गर्व गर्नुहुन्छ । देश बदल्ने सपना देखाउनुहुन्छ । तर, त्यो खाका कहाँ छ ? सामान्य नागरिकका लागि तपाईंहरूको योजना कहाँ छ ? हामीले त देखिरहेको कुरा एउटै हो- यो देश दिनप्रतिदिन अझ गहिरो अन्धकारतर्फ धकेलिँदैछ, र तपाईंहरू राजनीतिक खेलमै व्यस्त हुनुहुन्छ ।’ 

उनले रास्वपाका नेताहरूले पटक–पटक आफूहरूमा देश चलाउने स्पष्ट दृष्टि, क्षमता र जिम्मेवारीको अभाव रहेको प्रमाणित गरेको समेत उल्लेख गरेकी छन् । सम्मान र आधारभूत मानवीय व्यवहार खोजिरहेका नागरिकलाई निराशाबाहेक केही दिन नसकेको उनको आरोप छ । यो भयानक घटनामा कर्मचारीहरूलाई ढाल बनाएर उम्किने प्रयास नगर्न उनले आग्रह गरेकी छन् । 

उनले बहाना र दोषारोपण बन्द गरेर गणेश नेपालीको मृत्युको जिम्मेवारी लिन सरकारलाई आग्रह गर्दै अगाडि लेखेकी छन्, ‘गणेशका लागि न्याय केवल एउटा औपचारिक माफी होइन । न्याय भनेको सत्यको खोजी, वास्तविक जवाफदेहिता र माथिदेखि तलसम्म जिम्मेवारी स्वीकार गर्नु हो । बहाना बन्द गरौँ । दोषारोपण बन्द गरौँ । जिम्मेवारी स्वीकार गरौँ ।’