Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसिताले पहिलो पटक जितिन् ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड

फिल्मीखबर, काठमाडौं, 2026/05/24

jasita gurung (2)

 

अभिनेत्री जसिता गुरुङले करिअरमै पहिलो पटक ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड जितेकी छन् । उनले तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा आफ्नो सफल फिल्म ‘जेरी अन टप’बाट उक्त अवार्ड हात पारेकी हुन् । शनिबार काठमाडौंमा आयोजित एक समारोहमा उनलाई अवार्ड प्रदान गरियो । यसअघि उनले ‘लिलिबिली’बाट डेब्यू अभिनेत्रीको तीनवटा अवार्ड जितेकी थिइन् । 

सोही महोत्सवमा विपिन कार्कीले फिल्म ‘ऊनको स्वीटर’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । उनी कार्यक्रममा भने उपस्थित थिएनन् । महोत्सवमा सर्वोत्कृष्ट फिल्म ‘ऊनको स्वीटर’ नै घोषित भयो भने यही फिल्मबाट नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्मतर्फको अवार्ड मुगुको ‘ह्याप्पिनेस’ले जितेको छ । 

कार्यक्रममा आयोजकले अभिनेता पल शाहलाई सामाजिक कार्यमा योगदान गरेको भन्दै ‘सोसियल आइकन एक्टर अवार्ड’बाट सम्मानित समेत गर्‍यो । साथै, ‘प्रेमगीत २’का निर्माता सन्तोष सेनलाई ‘कर्णाली भिजनरी अवार्ड’, निर्देशक राज बहादुर सानेलाई ‘कर्णाली एडिसन अवार्ड’ र आशिष तामाङलाई ‘उदीयमान फिल्म निर्माता तथा वितरकको अवार्ड’ प्रदान गरियो । 

 

jasita gurung (1)


कार्यक्रममा अवार्ड वितरणसँगै ‘इतिहासलाई फर्केर हेर्दा - पहिलो चलचित्र अवार्ड’ विषयमा अन्तरक्रिया पनि आयोजना गरिएको थियो । निर्देशक प्रकाश सायमीले सहजीकरण गरेको सो अन्तरक्रियामा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्लले आफ्नो अनुभव साटेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन् ।

कार्यक्रममा बोल्ने क्रममा महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीमा फिल्मका गतिविधि शून्यप्रायः रहेको अवस्थामा त्यहाँको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली फिल्मको माध्यमबाट विश्वसामु चिनाउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने महोत्सवको योजना रहेको उनले बताए ।

Most Visited News (monthly)