Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पैसा’का गायक कुशलले ‘बब डाइ’मा गाए गीत

फिल्मीखबर, काठमाडौं, 2026/04/29

bob dai movie

 

करिब डेढ वर्षअघि सार्वजनिक भएको ‘पैसा’ गीतबाट चर्चामा आएका गायक तथा कमेडियन कुशल पोख्रेललाई यतिबेला फिल्म गायनमा भ्याइनभ्याइ छ । ‘बेहुली फ्रम मेघौली’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा गीत गाइसकेका उनले अब अर्को फिल्म ‘बब डाइ’मा पनि र्‍याप गाएका छन् । यही फिल्मबाट उनले अभिनयमा डेब्यू समेत गरेका छन् । 

गायक पोख्रेल स्वयंको शब्द रहेको गीतको भिडियो यसै साता ललितपुरको भैंसेपाटीमा खिचिएको छ । सोमबार र मंगलबार छायांकन गरिएको भिडियोमा कुशल स्वयं देखिएका छन् भने फिल्मका मुख्य कलाकारहरू पनि प्रस्तुत भएका छन् । फिल्मका निर्देशक प्रवीन श्रेष्ठका अनुसार अब अभिनेता सौगात मल्लका दृश्यहरू मात्र खिच्न बाँकी रहेका छन् । 

हास्य कथावस्तुमा निर्माण भएको यस फिल्ममा सौगात र कुशलसहित सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बाल कलाकारमा अग्रिम पण्डित रहेका छन् । 

रोटेपिङ्ग इन्टरटेनमेन्टले श्रीराम बालाजी फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्मातामा छन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माताको रूपमा छन् । मैनिषा गौचन र प्रवीन श्रेष्ठको कथा रहेको फिल्ममा श्याम तामाङको छायांकन तथा निर्देशक श्रेष्ठ स्वयंको सम्पादन छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Most Visited News (monthly)