Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिके डन’ निर्देशित ‘तरङ्ग’को पोस्टरमा मौन प्रेमको झलक

फिल्मीखबर, काठमाडौं, 2026/04/05

Pradip Kumar Chaudhary

 

‘पिके डन’को रूपमा परिचित प्रदीपकुमार चौधरी अब निर्देशक बनेका छन् । फिल्म ‘तरङ्ग’बाट उनले निर्देशकीय यात्रा सुरू गरेका हुन् । यो फिल्मको आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य जोडी वरुण अधिकारी र रविना केसी मौन भावमा देखिएका छन्, जसले प्रेमको संकेत गर्छ । यो उनीहरू दुवैको डेब्यू फिल्म हो ।

आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको यस फिल्ममा वरुण र रविनासहित बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग, प्रन्शु चौधरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसमा निर्देशक चौधरी स्वयंको कथा लेखन छ । 

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । फिल्ममा महेश पौडेलको छायांकन, सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत, सुशील डंगोल र सुदीप श्रेष्ठको पार्श्व ध्वनी तथा कृष्ण भण्डारीको रंग संयोजन रहेको छ । 

Most Visited News (monthly)