Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पक्राउ परे कलाकार ‘बले’

फिल्मीखबर, काठमाडौं, 2026/04/04

बलात्कार आरोपपछि ९० प्रतिशत छायांकन सकिइसकेको 'पाँच पाण्डव'बाट निकालिए 'बले'

 

हास्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बलात्कारको आरोपमा शनिबार बिहान बूढानीलकण्ठबाट पक्राउ गरेको हो । 

शुक्रबार अमेरिका बस्ने विष्ट थरकी एक युवतीले सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसकै आधारमा प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । पीडितको तर्फबाट अहिलेसम्म उजुरी भने परेको छैन । 

नेपाली फिल्मकी अभिनेत्री समेत रहेकी ती युवतीले शुक्रबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै एक वर्षअघि सागरले आफूलाई अमेरिकामा रहेको आफ्नो अपार्टमेन्टमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । यसपछि सामाजिक सञ्जालमा दोषीलाई कारबाही हुनुपर्ने भन्दै व्यापक आवाज उठेको थियो ।

सागर डेढ दशकदेखि सिरियल र फिल्म अभिनयमा सक्रिय छन् । ‘भद्रगोल’ सिरियलमा निभाएको ‘बले’ चरित्रबाट चर्चामा आएका उनले सन् २०१३ मा प्रदर्शन भएको ‘लोफर’बाट फिल्ममा डेब्यू गरेका थिए । यसपछि ‘लज्जा’, ‘हैरान’ र ‘लाज शरणम्’ फिल्ममा काम गरेका उनको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ प्रदर्शनको पर्खाइमा छ । 

सम्बन्धित समाचार: सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’

Most Visited News (monthly)