Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’

फिल्मीखबर, काठमाडौं, 2026/04/03

फिल्म निर्माणको तयारीमा 'बले', हिरो पनि आफैँ

 

हास्य कलाकारको रूपमा परिचित सागर लम्साल (बले)माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा बस्दै आएकी विष्ट थरकी एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो परिवारसँग वर्षौंदेखि जोडिएको र ‘दाइ’ ठानेको व्यक्तिबाट आफू बलात्कृत भएको खुलासा गरेकी हुन् । उनका अनुसार यो घटना एक वर्षअघि अमेरिकामा भएको हो ।

१० वर्षअघि एक नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय समेत गरेकी उनले सानैदेखि आफू डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहेको उल्लेख गर्दै परिवारको आग्रहमा सागरसँग आफूले अमेरिकामा भेट गरेको बताएकी छन् । त्यसक्रममा सागरले आफूलाई अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहाँ आफू बलात्कृत भएको उनको दाबी छ । 

उनले लेखेकी छन्, ‘अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो । मैले आफ्नो सबै संघर्ष सुनाएँ - रोइरहेको थिएँ, कति गाह्रो भइरहेको छ भनेर भनिरहेकी थिएँ । तर मलाई थाहा थिएन, जसलाई म दाइ भन्थेँ र हाम्रो परिवारले आफ्नै मान्थ्यो, त्यो व्यक्ति वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ ।’

उनले उक्त घटनापछि आफूसँग भएको आशा र शक्ति सबै एकैचोटी हराएको उल्लेख गरेकी छन् । ‘मेरो आवाज नै निस्केन । म चिच्याउन चाहन्थेँ, परिवारलाई भन्न चाहन्थेँ, तर त्यो अवस्थामा पनि यदि मैले केही भनेँ भने हाम्रो परिवार नै टुट्छ भन्ने डर लाग्यो,’ उनले लेखेकी छन् । उनले यो कुरा आफूले परिवारलाई समेत नभनेको बताएकी छन् ।

आफूलाई बलात्कार गर्ने व्यक्ति अहिले घर फर्केर खुलेआम बाँचिरहेको उल्लेख गर्दै उनले अगाडि लेखेकी छन्, ‘आज अलिकति हिम्मत जुटाएर यो लेखेँ । मलाई थाहा छ- मैले न्याय पाउँदिन होला, र अब लड्ने शक्ति पनि बाँकी छैन । तर जसले मलाई यति ठूलो अन्याय गर्‍यो, उसले त्यसको परिणाम भोग्नै पर्छ । भविष्यमा उसले अरू कसैलाई यस्तो गर्न पाउनु हुँदैन ।’

उनले सागरलाई मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी छन् । उनले आफू बलात्कृत भएको खुलासा गरेसँगै कलाकारहरूले दोषीमाथि कारबाही हुनुपर्ने भन्दै आवाज उठाउन थालेका छन् । अभिनेत्री लक्ष्मी बर्देवाले अपराधको कुनै पेशा र क्षेत्र नहुने भन्दै पीडितलाई संरक्षण र पीडकलाई कानुनी दायरामा ल्याउन माग गरेकी छन् ।

 

युवतीले लेखेको पोस्ट यस्तो छ -

 

fk

Most Visited News (monthly)