Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष २४ देखि मध्यपूर्वमा रिलिज हुँदै ‘एक्लो’

फिल्मीखबर, काठमाडौं, 2025/12/26

eklo uae

 

साइन्स फिक्सन फिल्म ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुने भएको छ । पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुन लागेको हो । यी तीन देशमा साथीभाइ इन्टरटेनमेन्टले फिल्मको वितरण गर्नेछ । ट्रेलरले दर्शकमा फिल्मप्रति उत्साह जगाएकाले मध्यपूर्वमा राम्रो व्यापार गर्ने सम्भावना बढेको वितरक हरि मोक्तानले बताए ।

आगामी शुक्रबार (१७ पुष)बाट नेपालमा प्रदर्शन हुन लागेको यो फिल्मको यही आइतबार अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर गरिँदैछ । ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स जस्ता हलिउड स्टारसँग सम्बन्धित विशेष स्क्रिनिङ र प्रिमियर भइसकेको यो स्थानमा पहिलो पटक नेपाली फिल्मको प्रिमियर हुन लागेको हो ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेको छ । एनआरएन समूहको लगानी रहेको फिल्मको निर्मातामा प्रदीप खड्का पनि छन् । 

विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्मको गत मेमा फ्रान्समा भएको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो । कान्समा स्टल राख्ने यो पहिलो नेपाली फिल्म हो ।

Most Visited News (monthly)