Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘कैदीको पत्र’को ‘घरै बसुँ पिरै पिर हो’ गीत सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2023/04/17

Madison, Kunal, Salina, Prithvi

 

बैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कैदीको पत्र’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘घरै बसुँ पिरै पिर हो’ बोलको गीतमा फिल्मका प्रमुख कलाकार पृथ्वीराज खत्री फिचर्ड छन् भने अभिनेता कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ । गीतमा सनम कुमार बैरागको शब्द, बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर छ ।

स्कटल्याण्डमा छायांकन भएको फिल्मलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सको कथामाथि बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैराग बताउँछन् । फिल्ममा समावेश सबै गीतमा सनम स्वयंको शब्द रचना छ भने पटकथा/संवाद पनि उनी आफैंले तयार पारेका हुन् ।

साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित भएर बनेको फिल्ममा सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् ।

रामेश्वर कार्कीले छायांकन गरेको यस फिल्ममा अर्जुन जीसीको सम्पादन, रामशरण कोइरालाको मुख्य सहायक निर्देशन र यासिन एनचौबीको रंग संयोजन छ । फिल्मका गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ । मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ ।

 

Most Visited News (monthly)