Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

छायांकन हुँदाहुँदै ६० लाखमा बिक्यो ‘जय हो’को विदेश राइट्स

फिल्मीखबर, काठमाडौं, 2023/03/26

sovit basnet

 

हाल पोखरामा छायांकन भैरहेको फिल्म ‘जय हो’को विदेश राइट्स महंगोमा बिक्री भएको छ । नमस्ते इन्टरटेनमेन्टले ६० लाखमा फिल्मको विदेश राइट्स खरिद गरेको हो । अब नेपालबाहिर फिल्म रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टका देव कार्कीसँग सम्झौता गर्नुपर्नेछ । यो कम्पनीले यसअघि ‘दुई नम्बरी’, ‘आमा’ जस्ता नेपाली फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार किनेको थियो ।

छायांकनकै चरणमा फिल्मको विदेश राइट्स महंगो मुल्यमा बिक्री हुँदा निर्मातालाई ठूलो राहत मिलेको छ । फिल्मलाई डिजिटल राइट्स पनि राम्रो मिलेको जानकारीमा छ । ओभरसिजसँगै डिजिटल राइट्सबाट ‘जय हो’को आधाभन्दा बढी लगानी सुरक्षित हुने देखिएको छ । अबको २/३ दिन पोखरामा छायांकन गरेपछि बाँकी छायांकनका लागि निर्माण यूनिट मुस्ताङतर्फ प्रस्थान गर्दैछ ।

टेक पौरखी राईको निर्देशनमा बनिरहेको ‘जय हो’मा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकरी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शक्या श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङसँगै अतिथी कलाकारमा रोहित रुम्बा छन् । सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने यस फिल्मलाई सम्पादन गर्ने जिम्मेवारी बनिष शाहको काँधमा छ ।

सुरेश न्यौपानेको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने फिल्मलाई आगामी भाद्र ८ गते प्रदर्शन गर्ने तयारी गरिएको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भैरहेको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् भने निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् ।

Most Visited News (monthly)