Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने गण्डकी प्रदेशको डकुमेन्ट्री सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2023/03/05

नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशको डकुमेन्ट्री युट्युबमा रिलिज गरिएको छ । ९ मिनेट ५२ सेकेन्ड अवधिको डकुमेन्ट्रीमा गण्डकी प्रदेश अन्तर्गत पर्ने विभिन्न रमणीय स्थानहरु समेटिएको छ, जसले विश्वकै ध्यान खिच्न सक्छ । सुयोग गुरुङको निर्देशन रहेको डकुमेन्ट्रीमा छायांकन पक्ष सानदार छ । अंग्रेजी अडियो ल्याङ्गवेजमा डकुमेन्ट्री तयार छ ।

 

Filming-Destination-In-Gandaki-Nepal


फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवर्द्धन गर्न श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा चलचित्र विकास बोर्डले यो डकुमेन्ट्री सार्वजनिक गरेको हो । प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत् पनि प्रचार-प्रसार गर्नुपर्ने आवश्यकता महसुस गरेर बोर्डले नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्द्धन गर्न डकुमेन्ट्री निर्माण प्रक्रियालाई सुरु गरेको हो ।

बोर्ड अध्यक्ष भुवन केसीले अन्य ६ प्रदेशका सम्भावित छायांकन क्षेत्रहरुलाई पनि समेटेर डकुमेन्ट्री निर्माण गर्दै जाने बताए । उनले भने, ‘यसखालका सामग्रीहरु बोर्डले निरन्तर बनाउँदै विश्वमाझ पुर्‍याउनेछ । नेपाललाई खुल्ला स्टुडियोको रुपमा विश्वव्यापी प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप अहिलेको लागि गण्डकी प्रदेशका केही प्रमुख छायांकन स्थलहरु समेटिएको डकुमेन्ट्री सार्वजनिक गरेका हौँ ।’

नेपालमा विश्वका ठूला उद्योगका फिल्महरुको छायांकन हुँदै आएकोमा त्यसलाई संख्यात्मक वृद्धि गर्ने उद्देश्यस्वरुप प्रवर्द्धनात्मक सामग्रीहरु बोर्डले निरन्तर प्रकाशन र निर्माण गर्दै जाने बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले जानकारी दिए । नेपाललाई छायांकन स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित बोर्डले ‘फिल्मिङ् इन नेपाल : भोल्यूम १’ पुस्तक पनि प्रकाशन गरिसकेको छ ।

 

Most Visited News (monthly)