Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ निर्माताको ‘बहाव’ चैत २४ मा, फर्स्टलुकमा मौन सुरक्षा

फिल्मीखबर, काठमाडौं, 2023/02/13

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बहाव’को सोमवार प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी चैत २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको फर्स्टलुकमा अभिनेत्री सुरक्षा पन्त सुँगालाई कैद गरिएको फलामे पिंजडा बोकेको अवस्थामा चित्रित छिन् । उनको अनुहारमा आशा, निराशा, शून्यता र जिज्ञासाको भाव देखिन्छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म जिज्ञासा, विचार र यथार्थको कथामा बनेको निर्देशक कँडेलले जानकारी दिए । फिल्ममा सुरक्षाका अलावा कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् । सुजन बडालले सम्पादन गरेको फिल्मलाई कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेका हुन् ।

 

BAHAB First Look


फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको आवाज, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए ।

सुरक्षाले जिज्ञासाका साथ जीवन जिउँदा विभिन्न उतार-चढावबाट गुज्रिएको अवस्थामा त्यसबाट अगाडि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथामा फिल्म आधारित रहेको बताइन् । फिल्ममा उनी माइक्रोबायोलोजी पढिरहेकी २२ वर्षिय युवतीको भूमिकामा रहेको जनाइएको छ । छायांकनको बेला यो फिल्मको नाम ‘ग्रीन बर्ड’ राखिएको थियो ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, रञ्जीत क्षेत्रीको कस्ट्युम, सीमा गुरुङको मेकअप, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन रहेको छ ।

Most Visited News (monthly)