मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

स्वप्न सुमनलाई हिरो बनाउँदै दिनेश राउत

फिल्मीखबर, काठमाडौं, 2023/01/19

soopna suman and dinesh raut

 

लभस्टोरी फिल्ममा प्रमाणित निर्देशक दिनेश राउतले चर्चित गायक स्वप्न सुमन (थापा) लाई मुख्य भूमिकामा लिएर एक लभस्टोरी फिल्म बनाउने भएका छन् । पछिल्लो रिलिज फिल्म ‘प्रकाश’को समयमा उनले स्वप्नसँग नयाँ फिल्मका लागि सम्झौता गरेका थिए । आगामी बैशाखबाट छायांकन हुने फिल्म शहर केन्द्रित कथावस्तुमा निर्माण हुनेछ । विकास सुवेदीले पटकथा लेखिरहेका छन् ।

निर्देशक राउतले फिल्मीखबरसँग भने- ‘लभस्टोरी भए पनि मैले यसअघि गरेकाभन्दा फरक हुनेछ । लभस्टोरीमा पनि केही फरक पस्किने हाम्रो सोच हो । शहरी सभ्यताभित्रको ढोंग र प्रेम फिल्मको कथासार हो । त्यो कथावस्तुमा स्वप्न सुमन फिट हुनुहुन्छ ।’ राउतले बिहीबार फेसबुक पेजमा स्वप्नसँगको तस्बिर साझेदार गर्दै ‘सहयात्रामा मलाई मन पर्ने गायक’ भनेर उल्लेख गरेका छन् ।

फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । अहिले स्वप्नले अभिनय सिकिरहेका छन् । ‘युट्युब सेन्सेसन’ स्वप्नले जुन गीत गाए पनि हिट हुने गरेका छन् । उनलाई ‘कफी सङ्ग’, ‘ए हेलो’, ‘कसरी भनुँ’, ‘म तिम्रो’ जस्ता गीतहरुले लोकप्रियताको उचाईं दिलाएका थिए । गायनमा उनको उदय भने कभर गीतहरु गाएर भएको थियो । उनै, स्वप्न समुनको अब अभिनेता बन्ने सपना साकार हुँदैछ ।

यो फिल्मपछि निर्देशक राउतले शहीद गंगालाल श्रेष्ठको जीवनीमाथि फिल्म बनाउनेछन् । आगामी वर्षको अन्तिमतिर छायांकन सुरु हुने फिल्ममा दुई चकलेटी सुपरस्टार आर्यन सिग्देल र प्रदीप खड्काको अभिनय रहनेछ । उनीहरुमध्ये को गंगालाल बन्ने भन्ने कुरा चाहिँ निर्माण टिमले गोप्य राखेको छ । राउतका विश्वास पात्र विकास सुवेदीले नै यो फिल्मको पनि पटकथा लेखिरहेका छन् ।