मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’पछि ‘नाङ्गो गाउँ’मा दयाहाङ र मिरुना

फिल्मीखबर, काठमाडौं, 2022/12/30

dayahang rai and miruna magar

 

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’को जोडी दयाहाङ राई र मिरुना मगरले पुनः स्क्रिन साझेदारी गर्ने भएका छन् । फिल्म ‘जारी’मा पनि एकसाथ काम गरेको यो जोडीले दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘नाङ्गो गाउँ’मा तेस्रो पटक काम गर्न लागेको हो । आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा हिमाल शर्मा प्रस्तुतकर्ता र जय श्रेष्ठ निर्मातामा रहेका छन् ।

यी दुईबाहेक अन्य कलाकारको छनोट चाँडै हुने लामाले बताए । फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्ने जानकारी दिए । आगामी चैत्र महिनाबाट छायांकन सुरु हुने फिल्मले राजनीतिक कथा प्रस्तुत गर्ने लामाको भनाई छ । उनी फिल्म उत्कृष्ट बनाउने कुनै कसर नछाड्ने दाबी गर्छन् ।

उनले भने- ‘फिल्मले मानव जातीको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यङ्ग्य गर्नेछ । फिल्ममा दर्शकले हाँस्यरस, प्रेम र कारुणीकताको पनि आनन्द लिन पाउनेछन् ।’ फिल्मको कथा लेखन अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कुनै पहाडी गाउँमा छायांकन हुने बताए । लामाले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ गरी चार फिल्म निर्देशन गरिसकेका छन् ।