Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

भुवन केसीले गरे काठमाडौंको मेयर पदमा नउठ्ने घोषणा

फिल्मीखबर, काठमाडौं, 2022/04/09
चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा नउठ्ने भएका छन् । उन्नत लोकतन्त्र पार्टीबाट उनले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन लागेको पार्टीका अध्यक्ष स्वागत नेपालले एक विज्ञप्तिमार्फत् जानकारी दिएका थिए । तर, पार्टीले आफूलाई उम्मेदवार बनाउने साहसिक निर्णय गरेपनि विभिन्न कारणले आफू असमर्थ भएको भुवनले बताएका छन् ।
 
bhuwan kc
 
आफूले अहिलेसम्म कुन पार्टीबाट राजनीतिक यात्रा सुरु गर्ने भन्ने पनि निधो नगरिसकेको जानकारी दिँदै उनले शनिवार फेसबुकमा लेखेका छन्, ‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । तर, प्राविधिक कारण तथा कार्यव्यस्तताका कारण म महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु ।’
 
काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन लागेको खबरपछि सकारात्मक र नकारात्मक टिप्पणी गर्नेहरुप्रति उनले आभार व्यक्त गरेका छन् । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग आफूले छलफल गरेको र धेरैले आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको बताउँदै अभिनेता केसीले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको भएपनि कुनै ठोस निर्णय नभएको स्पष्ट पारेका छन् । 
 
‘नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रबिना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन सक्दैन । यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर, अबको दिनमा राजनीति कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन र गरेको दिन जानकारी गराउनेछु,’ उनले लेखेका छन् । 

Most Visited News (monthly)