Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलको विपक्षमा बहस गर्न २२ जना अधिवक्ता तयार

फिल्मीखबर, काठमाडौं, 2022/03/08
अडियो रेकर्डहरु सुन्दा म आफैं आश्चर्यचकित भएको छु : पल शाह
 
एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहस गर्न तयार भएका छन् । पीडितको न्यायका लागि बहसमा जोडिन अधिवक्ता मोहना अन्सारीले सामाजिक सञ्जालबाट आग्रह गरेपछि २२ जना अधिवक्ताहरुले इच्छा देखाएका हुन् । अब उनीसहित २२ जना अधिवक्ताले नाबालिगको पक्षमा बहस गर्नेछन् ।
 
पलको विपक्षमा मोहना अन्सारी, मिरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनिष कुमार श्रेष्ठ, केदार गुरागाईँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झाले बहस गर्नेछन् ।
 
नाबालिगले आफ्नो तर्फबाट अदालतमा बहस गर्नका लागि अधिवक्ता राधिका खतिवडालाई रोजेकी छन् भने पलको तर्फबाट विवि विष्टले वकालत गर्नेछन् । फागुन ११ गते नाबालिग गायिकाले तनहुँको प्रहरी कार्यालयमा पलविरुद्ध करणाीको कसूरमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि आत्मसमर्पण गरेका पललाई अहिले प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेका छन् । 

Most Visited News (monthly)