Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’ सर्दा ‘लक्का जवान’ लाई राहत

फिल्मीखबर, काठमाडौं, 2022/03/03
kabaddii 4 and lakka jawan
 
कोरोनाका कारण सिनेमा हलहरु तीन पटक बन्द भए । कोरोनाको तेस्रो लहरले महिना दिन बन्द गराएको हलहरु यही फागुन १ गतेबाट खुलेपछि एकपछि अर्को फिल्मको प्रदर्शन मिति घोषणा भइरहेका छन् । नेपाली फिल्मको रिलिज क्यालेन्डर हेर्दा आउँदो दशैंसम्म हप्ता दिनको अन्तरमा फिल्महरु रिलिज हुनेछन् । र, निर्माण भइरहेका अरु फिल्मले दशैंअघि राम्रो डेट पाउन गाह्रो छ ।
 
विदेशी फिल्मसँग छलेर प्रदर्शन मिति घोषणा गर्नुपर्ने बाध्यताले नेपाली फिल्मसँग राम्रो डेटको अभाव छ । जसले गर्दा आउँदो वर्ष एकै हप्तामा एकभन्दा बढी फिल्म रिलिज हुने सम्भावना पनि उतिक्कै छ । यसको सुरुवात बैशाख २३ मा हुँदै थियो । यो मितिमा दुई फिल्म ‘कबड्डी ४’ र  ‘लक्का जवान’ भिड्ने तयारीमा थिए । तर, ‘कबड्डी ४’ दुई साता पछाडि सरेसँगै यो भिडन्त टरेको छ । 
 
सरकारले बैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणा गरेकाले ‘कबड्डी ४’ दुई हप्ता पछाडि सार्दै जेठ १३ मा पुगेको छ । जसले गर्दा बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लक्का जवान’ लाई ठूलो राहत मिलेको छ । तर, स्थानीय तहको निर्वाचनको दिन सवारी आवत-जावत पूर्ण रुपमा बन्द हुने भएकाले एक दिनको व्यापार भने फिल्मले चटक्कै माया मार्नुपर्नेछ । 
 
कलाकार शिवहरी पौडेलको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्मको ‘यो होनी तरिका’ गीत हिट भइसकेको छ । फिल्म कमेडी कथामा बनेको छ । शिवहरीले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
Most Visited News (monthly)