मिति : २०८१ आषाढ ३, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै समयमा दुई यूनिट बनाएर ‘लाखे’ को छायांकन

फिल्मीखबर, काठमाडौं, 2022/01/24
कोरोना संक्रमण फेरि फैलिन थालेपछि सरकारले सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेपनि फिल्म छायांकनमा प्रतिबन्ध लगाएको छैन । तर, २५ जनाको उपस्थितिमा मात्र छायांकन गर्नुपर्ने भएकाले निर्माणको तयारीमा रहेका धेरै फिल्म ‘पर्ख र हेर’ को अवस्थामा छन् । लकडाउन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै केही फिल्मको छायांकन समेत स्थगन गरिएको छ ।
 
lakhe - movie
 
ठूलो बजेटमा निर्माण हुने भनिएको फिल्म लाखे’ ले भने महामारीका बीच गुपचुप रुपमा छायांकन भइरहेको छ । फिल्मको गत पुष अन्तिमबाट छायांकन थालिएको हो । कोरोना महामारीका कारण सुटुक्क फिल्मको छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए । संक्रमणलाई मध्यनजर गर्दै निर्माण टिमले एकै समयमा दुई यूनिट बनाएर छायांकन गरिरहेको छ । 
 
एउटा फिल्म छायांकनमा कलाकार र प्राविधिकको दुई यूनिटले काम गरेको नेपालमा सम्भवतः यो पहिलो पटक हो । दुई यूनिटले एकसाथ काम गर्दा प्राविधिक टोलीदेखि सुटिङ सेट समेत दुईटा चाहिन्छ । जसले गर्दा निर्मातालाई ठूलो आर्थिक भार परेको छ । कलाकार र प्राविधिकको स्वास्थ्यलाई मध्यनजर गर्दै दुई यूनिट बनाएर काम गरेको निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । 
 
६ करोडको लागत अनुमान गरिएको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतको अभिनय छ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको फिल्मको निर्माता सिजन अर्याल हुन् । यस्तै, फिल्मको प्रस्तुतकर्तामा गणेश मल्ल ठकुरी छन् ।