मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इन्टु मिन्टु लण्डनमा’ गीत ‘जुरायो जुरायो’ रिलिज । साम्राज्ञी र सारुक फिचर्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/09/05
 
असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको 'जुरायो जुरायो...' बोलको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ । 
 
 
राजेश पायल राई र मेलिना रार्ईको स्वर रहेको गीतमा फिल्मका दुई लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार फिचर्ड छन् । भिडियोमा मेकिङ क्वालिटी उच्च देखिएको छ । 
 
 
साम्राज्ञी र सारुकको इन्गेजमेन्ट हुनुअघिको रमझमलाई भिडियोमा उतारिएको छ । गीतमा सेटअपदेखि कलाकारको पहिरनमा विशेष ध्यान दिइएको छ । यो फिल्ममा डेब्यु ब्वाई धिरज मगरको पनि प्रमुख भूमिका छ । 
 
 
 ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । 
 
 
आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । 
 
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । 
 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक राईले ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपाली फिल्म क्षेत्रलाई गर्व गर्न लायक एक उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरिन् । फिल्मको कथा र मेकिङमा विशेष ध्यान दिएको उनको भनाई छ । 
 
अभिनेत्री साम्राज्ञीले गीत र ट्रेलरबाट पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताइन् । ‘जुरायो जुरायो’ गीतलाई पनि दर्शकले रुचाउनेमा उनी विश्वस्त सुनिन्छिन् । अभिनेता द्वय धिरज र सारुकले गीत झैं फिल्म पनि सुन्दर बनेको बताए । 
 
गीत हेर्नुहोस् :-

 
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।