Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4975 - 4980 of 24029
एजेन्सी, मुम्बई, 2022-12-08, बिहिवार

बलिउड निर्देशक रोहित शेट्टी आफ्नो हिट फिल्म ‘सिंघम’को तेस्रो सिरिज निर्माणको तयारीमा छन् । अभिनेता अजय देवगनलाई नै पुनः मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले ‘सिंघम अगेन’का लागि अभिनेत्री पनि छनोट गरेका छन् । यसपटक ‘सिंघम’ फ्रेन्चाइजमा नायिका दीपिका पादुकोणको इन्ट्री भएको छ । फिल्ममा दीपिका भित्रिएको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-08, बिहिवार

दुई वर्षअघि घोषणा भएको फिल्म ‘चिलगाडी’ कोभिडका कारण निर्माण हुन सकेको थिएन । अब भने फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माता रघुनाथ सापकोटा जुटेका छन् । फिल्मको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली थिए । तर, उनले आफ्नो कार्यव्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ उडाउने जिम्मा फिल्म ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् ।

मुम्बई, काठमाडौं, 2022-12-08, बिहिवार

एकै परिवारबाट आएका दाजु-भाई आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीलाई ‘हिरो मटेरियल’ भनिन्छ । चकलेटी हिरोहरुको भीड दुवै अभिनयमा राम्रो मानिन्छन् भने हिरोको मानकभित्र पनि उनीहरु अट्छन् । तर, दुवैको करिअर सुखद् छैन । डेब्यू फिल्मदेखि नै यी दाजु-भाईले सफलताको सुःख पाउन सकेका छैनन् । यसैले उनीहरुलाई फ्लप हिरोको ट्याग लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-07, बुधवार

सफल फिल्म ‘इकु’को तेस्रो सिरिज निर्माण हुने भएको छ । यही फिल्ममा निभाएको ‘इकु’ चरित्रबाट चर्चित सुलेमान शंकरले तेस्रो सिरिज बनाउन लागेका हुन् । आगामी चैतबाट छायांकनमा थाल्ने गरी यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको उनले जानकारी दिए । अहिलेका सर्वाधिक व्यस्त र महंगा स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले फिल्मको कथा, पटकथा तथा संवाद लेखिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-07, बुधवार

म्यूजिक भिडियो हुँदै फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्देशनमा फड्को मारेका विशाल भण्डारी आफ्ना दुई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी क्लब’को सफलतापछि पुनः फिल्म निर्देशनमा पुनरागमन गर्दैछन् । लकडाउनमा घोषणा गरिएको फिल्म ‘कहानी तिम्रो मेरो’लाई थन्काएर विशालले ओएसआर डिजिटलसँग सहकार्य गर्दै नयाँ फिल्मको निर्देशन गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-07, बुधवार

फिल्म निर्माण गजबै फापेका निर्माता हुन्, किरण नेपाली । स्टारकास्ट लिएर फिल्म बनाउन माहिर मानिने उनले ‘पोइ पर्‍यो काले’ र ‘दुई नम्बरी’बाट राम्रै मुनाफा कमाए । अब उनी फिल्म ‘हात्तीछाप’ निर्माण गर्दैछन् । प्रदीप भारद्धाजले स्क्रिप्ट लेखन गरिरहेको फिल्मको यस वर्षको चैत अन्तिमबाट छायांकन सुरु गर्ने योजनामा नेपाली छन् । सामाजिक कथावस्तुमा यो फिल्म निर्माण हुनेछ ।

Results : 4975 - 4980 of 24029
Most Visited News (monthly)