
करीब ३५/४० वर्ष अगाडि नेपाली फिल्मको टिकट मुल्य १ रुपैयाँ आसपास हुने गर्थ्यो । तर, अहिले मल्टीप्लेक्समा फिल्म हेर्दा कम्तिमा ५ सय खर्च हुन्छ, टिकट र पपकर्न आदीमा । टिकटको मुल्य नै २ सय माथि छ । तर, के तपाईंहरु १ रुपैयाँमा नेपाली फिल्म हेर्न चाहनुहुन्छ ? धेरैलाई यो असम्भव लागे पनि फिल्म ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा हेर्न पाइने भएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ डुब्ने संघारमा छन् । दिनप्रतिदिन यी दुई फिल्मको कलेक्सन आरोलो लाग्ने क्रम रोकिएको छैन । आमिर खान र अक्षय कुमारका यी फिल्ममाथि सिंगो बलिउडको ठूलो आशा र भरोसा थियो । तर, साउथले लखेट्न थालेको बलिउडमा ठूला स्टारहरुका एकपछि अर्को फिल्म टाँट पल्टिरहेका छन् ।

यही भदौ ३ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो, ‘प्रेमगन्ज’ । प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मको प्रदर्शनको तीन दिन अगाडि मंगलवार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको थियो । प्रदर्शनको तीन दिन अगाडि प्रिमियर गरेर निर्माण टिमले ठूलो रिक्स उठाएको छ । किनकि, प्रिमियरबाट आउने प्रतिक्रियाले फिल्मको लगभग भविष्य निर्धारण गर्छ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘वर एन्ड वधु’को प्रदर्शन मिति घोषणा गरिएको छ । रोमानियामा दुई साता लामो छायांकन गरेर नेपाल फर्किएपछि निर्माण टिमले प्रदर्शन मिति तोकेको हो । लभस्टोरी र कमेडी जनरामा निर्माण भएको फिल्म आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । यो मितिमा यसअघि फिल्म ‘परस्त्री’ले प्रदर्शन मिति तोकिसकेको छ ।

कृष्ण जन्मअष्टमीको अवसर पारेर भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘फापरको रोटी’ बोलको गीतमा शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको छ भने दयाराम दाहालको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । गीत लोक शैलीमा तयार छ ।

८०/९० को दशकमा नेपाली फिल्ममा ठूलो नाम बनाएकी अभिनेत्री हुन्, तृप्ति नाडकर (टोटलानी) । ‘कुशुमे रुमाल’, ‘साइनो’, ‘सम्झना’, ‘लाहुरे’ जस्ता कयैन् यादगार फिल्ममा काम गरेकी उनी एक दशकदेखि अभिनयमा सक्रिय नभए पनि दर्शकको मन र आँखाबाट अझै हराएकी छैनन् । ८ वर्षयता नेपाल समेत नआएकी उनी ७ वर्षदेखि भारतमा बसेर शिक्षण पेशा गरिरहेकी छन् ।

