
निजी क्षेत्रको प्रतिष्ठित ‘नेफ्टा फिल्म अवार्ड’को ११औं संस्करण अमेरिकाको टेक्ससमा आयोजना हुँदैछ । बुधवार भर्चुअल पत्रकार सम्मेलनमार्फत् आयोजक संस्था चलचित्र प्राविधिक संघले आगामी मे २७, २०२३ (जेठ १३) मा अवार्ड आयोजना हुने जानकारी गरायो । अवार्डलाई यसपटक हलिउडको देश अमेरिकामा पुर्याउन पाउँदा खुशी लागेको संघका अध्यक्ष पुष्कर लामाले बताए ।

विगत केही वर्षयता नेपालमा सिक्वेल फिल्म निर्माणको बाढी नै आएको छ । नयाँ नाममा बनेको फिल्म हिट भयो भने निर्माताहरु त्यसलाई सिक्वेल वा सिरिजको रुपमा अगाडि बढाउन ढिला गर्दैनन् । दर्शकहरुले पनि नयाँ नाममा बनेका फिल्मभन्दा सिक्वेलप्रति नै बढी विश्वास गरेको देखिन्छ । अब सिक्वेल फिल्मको भीडमा यस वर्षको ‘क्लिन हिट’ फिल्म ‘झिँगेदाउ’ पनि थपिने भएको छ ।

डा. कपिल रिजालद्वारा निर्देशित रोमकोम जनराको फिल्म ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेकाले फिल्मप्रति अपेक्षा उच्च छ भने उनीहरुको केमेस्ट्रीलाई लिएर दर्शकमा उत्सुकता पनि बढेको छ । यस फिल्ममा निर्देशक रिजाल स्वयंम्को प्रस्तुति तथा कथा छ ।

बलिउड सुपरस्टार विवेक ओबेरोय परिवारको साथमा नेपाल आउने भएका छन् । उनी यही डिसेम्बर १४ तारिख (मंसिर २८ गते) नेपाल आउन लागेका हुन् । उनले एक भिडियो सन्देशमार्फत् आफू श्रीमती, सन्तान र आमा-बुबाको साथमा नेपाल आउन लागेको जानकारी दिँदै नेपालको विभिन्न ठाउँ घुम्ने बताएका छन् । उनलाई व्यवसायी पुनम यादवको सुमहले नेपाल ल्याउन लागेको हो ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा मर्ण जेम्स र यश सैनीद्वारा संयुक्त रुपमा निर्देशित मल्टीस्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति हेरफेर गर्दै सोमवार युट्युबमार्फत् मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि आगामी पुष १५ लाई प्रदर्शन मिति घोषणा गरेकोमा अब यो फिल्म एक साता पछाडि सर्दै पुष २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि अध्यक्षका आकांक्षीमध्ये एक नरेश पौडेलले अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । त्यसपछि सर्वोच्चले रिट निवेदक र सरकार दुवैलाई छलफलका लागि बोलाएको थियो भने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल समेत झिकाएको थियो ।

